काठमाण्डौंको बनस्थली खरिबाेट चोकमा देखियो यस्तो अनौठो दृश्य

Jun 18, 2017 Merolagani



- नवीन ढुंगाना ।
भित्री चक्रपथ अन्र्तगत बनस्थली चोकबाट साँढे दुई किलोमिटर उत्तर पश्चिम तर्फ लाग्दा खरिको बोट पुगिन्छ । एक लेनको साँघुरो सडकबाट ओरालो झर्दै चोकमा पुगेपछि वरिपरी किराना पसल, औषधी पसल देखिन्छन । अनि त्यही पसलको अगाडि पट्टी सडकमा सधैँ एक हुल मान्छेहरु लाईन लागेर बसेका हुन्छन ।

मानिसहरु जतापटि फर्केर लाईनमा बसेका छन, न त्यहाँ पसल छ, न कुनै सरकारी कार्यलय नै । नयाँ मान्छे यसै चकित पर्छन र सोध्छन यो लाईन के को हो ?

नेपाल जर्नल सम्बाददाता आईतवार खरिबोट पुग्दा मानिसहरु लाईनमा त्यसैगरी उभिई रहेका थिए । उनीहरुको लाईन कुनै झ्याल वा कार्यालयको ढोकातर्फ फर्किएको पनि थिएन । लाईन बसेका मान्छेको हातमा कुनै कागज पत्र पनि थिएन ।

केहीबेरमा एउटा माईक्रो बस चोकमा आई पुग्यो । माइक्रोले ल्याएका मान्छे सुरैसंग ओराल्यो र लाईनमा बसेका मानिसहरु बिस्तारै माईक्रो चढे । माइक्रो बस भरियो अनि माईक्रो बस जुन बाटो आएको थियो त्यतै फर्कियो । बाँकी मान्छेहरु लाईन मै उभिईरहे ।

बिहानको १० बजे सबै मानिसहरुलाई कार्यालय र अन्य कामकाल ागि आ आफ्नै हतारो हुन्छ । रत्नपार्क, जमल, पुरानो बसपार्क, त्रिपुरेश्वर, कलंकी, चाबहिल, कपन लगायतका क्षेत्रमा त बिहान बेलुकी गाँडी चढ्न कुस्ती नै खेल्नु पर्छ ।

जसरी पनि निम्सरालाई धकेलेर आफु अगाडि गाडी चढौँ भन्ने मानिसहरु धकेला धकेल गर्दै हुन्छन् । तर खरिबोटमा स्थानीयले बसालेको यो नियम प्रशंसनीय छ । कसैले कसैलाई धकेल्नु पर्दैन । सबैले आफ्नो पालोमा गाडी चढ्ने हो । जरुरी कामले निकै हत्तार भएका, बिरामी र अशक्तले आपसी सल्लाहमा अगाडि पालो लिन सक्छन । तर कसैले बदमासी गरेर लाईन मिच्न भने पाउँदैन ।

खरिबोटमा माईक्रो बस चढ्न कुनै सुचना बोर्ड छैन । यसरी लाईनमा बस भन्ने प्रहरी वा ट्राफीक प्रहरी पनि छैन तर नियम आदर्शपूर्वक पालना गरिएको छ । 

स्थानीय नानीमैयाँ गजुरेलका अनुसार करीब ४ महिना अघिदेखि खरिवोटमा यात्रुहरु आफैले लाईनमा बसेर गाडी चढ्ने नियम बसालेका हुन । यस क्षेत्रमा माईक्रो बस सेवा प्रदान गर्दै आएको बालाजु माइक्रोबस समितिका पदाधिकारी पनि खरिवोटमा यात्रुहरुले बसाएको नियमबाट खुसी छन । अझ धेरै खुसी त त्यो रुटमा चल्ने बसका चालक र सहचाकल छन, जस्ले अन्त जस्तो धकेला धकेल र यात्रुका गाली खेप्नु पर्दैन ।

यस्तै कामलाई अरु क्षेत्रका यात्रु र यातायात ब्यवसायीहरुले अनुकरण गरे कसो होला ? 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।