महालक्ष्मी र गण्डकी विकास बैंकले कहिलेबाट सुरु गर्ने भए एकीकृत कारोबार ?

Jun 30, 2017 merolagani

नेपाल राष्ट्र बैंकले महालक्ष्मी विकास बैंक (MLBL) र यति डेभलपमेन्ट (YETI) तथा फेवा विकास (FBBL)  र गण्डकी विकास बैंक (GDBL) लाई एक आपसमा गाभिएर एकीकृत कारोबार थाल्ने अन्तिम स्वीकृती प्रदान गरेपछि महालक्ष्मीले असार १८ गते आईतबार तथा गण्डकीले असार २१ गते बुधबारदेखि एकीकृत कारोबार थाल्ने भएका छन् ।

राष्ट्र बैंकले २०७४ असार मसान्तभित्र बैंक तथा वित्तिय संस्थाले तोकिएको चुक्ता पूँजी पुर्याउन पछिल्लो दिनमा एकीकृत कारोबार थाल्ने क्रम ह्वात्तै बढेको छ । केही दिनअघि मात्र ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक एक आपसमा गाभिएका थिए भने सेञ्चुरी बैंकले अरनिको र इनोभेटिभ डेभलपमेन्ट बैंकलाई प्राप्ती गरि एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

त्यसभन्दा पहिला प्राईम बैंकले विराटलक्ष्मी र कन्ट्री डेभलपमेन्टलाई प्राप्ती गरेको थियो भने जनता बैंक र त्रिवेणी विकास बैंक, भक्तपुर र सेन्ट्रल फाईनान्स, ग्लोबल आईएमई बैक र प्यासिफिक डेभलपमेन्ट, सनराईज र एनआईडिसि क्यापिटल मार्केट, श्री इन्भेष्टमेन्ट र एभरेष्ट फाईनान्स लगायतले मर्जर तथा एक्वीजिशन प्रकृयामा गएर एकीकृत कारोबार थालिसकेका छन् ।

महालक्ष्मी र यति बैंकले अहि असार १८ गते आईतबारदेखि महालक्ष्मी विकास बैंकको नामबाट एकीकृत कारोबार थाल्ने भएका छन् । दुुई बैंकले एक बराबर एकको अनुपातमा सेयर आदान प्रदान गर्ने सहमति मर्जरमा गएका हुन् ।

मर्जर पछि बैंकको चुक्ता पूँजी दुई अर्ब ६३ करोड, निक्षेप २३ अर्ब ८४ करोड , कर्जा लगानी १९ अर्ब ९७ करोड शाखा संख्या ६५ तथा ग्राहक संख्या ३ लाख ४५ हजार पुग्नेछ ।

केही समय अघि मात्र महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिद्धार्थ फाइनान्स एक आपसमा मर्ज भई महालक्ष्मी विकास बैंकको जन्म भएको थियो । पूँजी वृद्धिको अवधि सकिनै लाग्दा महालक्ष्मीले तीन वर्ष पहिले मनकामना विकास बैंक, यति फाइनान्स र भ्याली फाइनान्स मर्ज भएर बनेको यति डेभलपमेण्ट बैंकको साथ लिएको हो ।

उता फेवा विकास बैंक र गण्डकी विकास बैंकले असार २१ गते बुधबारदेखि गण्डकी विकास बैंकको नामबाट एकीकृत कारोबार थाल्ने भएका छन् ।

पोखरा क्षेत्रका दुई विकास बैंक गण्डकी र फेवालाई एकीकृत कारोबार थाल्न राष्ट्रबैंकले अन्तिम स्वीकृति प्रदान गरेको हो । मर्जपछि बैंकको चुक्तापुँजी एक अर्ब ८५ करोड पुग्नेछ । बैंकले अपुग पूँजी २५ प्रतिशत हकप्रद र चालु बर्षको बोनसबाट पुरा गर्ने लक्ष्य लिएको छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।