![](https://images.merolagani.com/Uploads/Repository/636354625673020879.jpg)
एस डेभलपमेण्टलाई गाभेपछि इन्भेष्टमेन्ट बैंकको चुक्तापूँजी ९ अर्ब २४ करोड पुगेको छ । ८ अर्ब ७५ करोड चुक्तापूँजी रहेको बैंकले एक अर्ब २० करोड चुक्ता पूँजी भएको एसलाई ४१ प्रतिशत स्वापमा किनेपछि चुक्तापूँजी नौ अर्ब २४ करोडको हाराहारीमा पुगेको छ ।
एसलाई गाभेपछि बैंकको निक्षेप १ खर्ब २४ अर्ब रुपैयाँ तथा कर्जा १ खर्ब ७ अर्ब पुगेको बैंकले जनाएको छ । त्यस्तै पूजी पर्याप्तता अनुपात १३.९ प्रतिशत पुगेको छ । बैंकको कुल शाखा संख्या ६१ पुगेको छ । एटीएम संख्या ९८ पुगेको छ ।
एसको प्राप्तिपछि एनआईबिएलको संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृत साविककै रहेको छ भने केन्द्रिय कार्यालय पनि एनआईबिएलको दरबारमार्गस्थित कार्यालयलाई नै यथावत राखिएको छ ।
एसको प्राप्तिपछि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत भएको छ ।