मैलुङ खोला जलविद्युतले गोलाप्रथामा सेयर नपाउनेलार्इ पनि दिने भयाे १० कित्ता सेयर

Jul 25, 2017 merolagani

मैलुङ खोला जलविद्युत आयोजनको साधारण सेयरमा गोलाप्रथामा परेर सेयर नपाउने सेयर आवेदकले पनि १० कित्ता सेयर  पाउने भएका छन् । धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ अनुसार हरेक व्यक्तिलाई अनिबार्य १० कित्ता सेयर बाँडफाँड गर्नुपर्ने व्यवस्था अनुरुप कम्पनीले न्यूनतम १० कित्ता सेयर  पाउने सुनिश्चितता गरेको हो ।

कम्पनीको सञ्चालक समिति, जिल्लाका सांसद, राजनैतिक दलका प्रतिनिधि, रसुवा जिल्लाका प्रशासन प्रमुख र सेयर निष्काशन कम्पनीका प्रतिनिधिहरुको संयुक्त बैठकले आवेदन गरेर सेयर नपाएका सबै आवेदकले न्यूनतम दश कित्ता सेयर पाउने सुनिश्चित गरेको कम्पनीले जनाएको छ ।

साधारण सेयर बाँडफाँडमा ५० देखि ७० कित्ता सेयर आवेदन गर्ने करिब ११ हजार जिल्लाबासी आवेदकले सेयर प्राप्त गर्न सकेका थिएनन् । गोलाप्रथामा परि सेयर प्राप्त गर्न नसक्ने लगानीकर्तालाई कम्पनीका प्रबद्धकहरुले आफुसँग रहेको सेयर दिनेगरी सबैलाई न्यूनतम १० कित्ता पाउने सुनिश्चितता गरेका हुन् । 

कम्पनीको आईपीओ बाँडफाँडमा आयोजनाबाट अति प्रभावित क्षेत्रका स्थानियहरुले न्यूनतम १७ कित्तादेखि ६०० कित्तासम्म र ८० कित्ता भन्दा बढि कित्ताको आवेदन गर्ने अन्य जिल्लाबासीहरुले अनिबार्य सेयर प्राप्त गरेका थिए ।

तर ५० देखि ७० कित्ता सेयर आवेदन गर्ने रसुवाका अन्य जिल्लाबासीले भने गोलाप्रथाबाट १० कित्ता सेयर प्राप्त गरेका थिए । सो समयमा ५० देखि ७० कित्ता सेयर आवेदन गर्ने करिब ११ हजार स्थानियले साधारण सेयर प्राप्त गर्न सकेका थिएनन् ।

मैलुङ खोला जलविद्युत कम्पनीले सिद्धार्थ क्यापिटल मार्फत आयोजनाबाट अति प्रभावित हुने क्षेत्र तीन गाविस हाकु, डाँडागाउँ र राम्चे गाविसका लागि एक लाख ८४ हजार ७२ कित्ता र रसुवा जिल्लाका अन्य गाविसका वासिन्दाहरुको लागि एक लाख ८४ हजार ७२ कित्ता सेयर जारी गरी असार ३० गते बाँडफाँड गरेको थियो ।

३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ जारी पूँजी रहेको कम्पनीमा ७० प्रतिशत सेयर संस्थापक समुहको रहेको छ । स्थानीयका लागि १० प्रतिशत र सर्वसाधारणका लागि २० प्रतिशत छुट्याएको कम्पनीले संस्थापकतर्फको ७० प्रतिशतले हुने २५ करोड ७७ लाख रुपैयाँ पूँजी चुक्ता गरिसकेको छ । स्थानीय र सर्वसाधारणको गरी २० प्रतिशत सेयर निष्काशनका लागि कम्पनीले एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

............................................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।