अल्पाईन डेभलपमेन्ट बैंकले तीन बराबर २.०८ कित्ता अनुपातमा गत असार २५ गतेदेखि हकप्रद बिक्री खुला गरेको हो । हकप्रदमा जेठ २० गतेसम्म कायम सेयरधनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक विक्री प्रबन्धक एनएमबी क्यापिटल नागपोखरी, अल्पाईनको मुख्य शाखा कार्यालय हेटौडा मकवानपुर, साँगा काभ्रेपलाञ्चोक, नारायणगढ चितवनका साथै एनएमबी बैंकका उपत्यका भित्रका शाखा कार्यालयहरु सितापाईला, कलंकी, चाबहिल, बसुन्धारा, कुमारीपाटी, सुर्यविनायक शाखाबाट हकप्रद भर्न सकिने जनाईएको छ ।
त्यस्तै एनएमबि बैंकको बनेपा, बुटवल, धरान, विराटनगर, सुर्खेत, पोखरा, धनगढी, नेपालगञ्ज, विरगञ्ज, जनकपुर र नारायणगढ शाखाबाट समेत दरखास्त बुझाउन सक्नेछन् । २६ करोड ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको अल्पाईनको हकप्रद सेयर विक्रीपश्चात चुक्ता पूँजी ४४ करोड ४ लाख रुपैयाँ पुग्नेछ ।
रिलायबल माईक्रोफाइनान्स कम्पनीले दुई बराबर एक कित्ता अनुपातमा गत असार २५ गतेदेखि नै दुई लाख ८२ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । हकप्रदमा असार १५ गतेसम्म कायम रहेका सेयरधनीले बिक्री प्रबन्धक सिभिल क्यापिटल सुन्धारा, रिलायबल माइक्रोफाइनान्स र साबिक रिलायबल डेभलपमेन्ट बैंकको शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने क्यापिटलले जनाईएको छ ।
हाल माईक्रोफाइनान्सको चुक्ता पूँजी ५ करोड ६५ लाख रहेको छ । हकप्रद निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी ८ करोड ४७ लाख ५० हजार रुपैयाँ पुग्नेछ । लमजुङ्गमा केन्द्रिय कार्यालय रहेको लघुवित्तले गत आर्थिक बर्षमा एक करोड १२ लाख रुपैयाँ नाफा कमाएर हकप्रद बाहेकको पूँजीले पाउने गरि २० प्रतिशत नगद लाभांश बितरण गर्ने धोषणा गरेको छ ।
उता प्रभू क्यापिटलले पनि संस्थापक सेयरधनीका लागि असार २५ गतेदेखि नै एक बराबर दुई कित्ता अनुपातमा १४ लाख कित्ता हकप्रद सेयर निष्काशन खुला गरेको थियो । कम्पनीको हकप्रदमा जेठ १८ गतेसम्म कायम सेयरधनीले प्रभु क्यापिटलमा आवेदन गर्न सक्नेछन् ।
यसैगरि हिमालयन जनरल इन्स्योरेन्सको १६६.६७ प्रतिशत हकप्रद साउन ३१ गते तथा लुम्बिनी जनरल इन्स्योरेन्सको शतप्रतिशत प्रतिशत हकप्रद भदौ १ गतेदेखि बन्द हुँदैछन् ।