सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

Aug 25, 2017 MEROLAGNAI



सिद्धार्थ बैंक लिमिटेड (SBL) ले आइपिओ तथा एफपिओमा आवेदन गर्ने लगानीकर्ताहरुलाई ध्यानमा राखेर ‘मेरो सेयर खाता’ सञ्चालनमा ल्याएको छ। यो खाताबाट सरल र सुरक्षित तरिकाले आस्बा प्रणालीमार्फत सेयरमा लगानी गर्न सकिने बैंकले जनाएको छ ।



बैंकले शेयर कारोबारका लागि खाता एक सुविधा अनेक भन्ने नाराका साथ ‘मेरो सेयर खाता’ संचालनमा ल्याएको छ । जुन खाताबाट निःशुल्क अनलाइन आस्बा एप्लिकेसन, सिडिएसको अनलाइन एप्लिकेसन सुविधा लिन सकिनेछ ।

त्यस्तै डिम्याट खाताको वार्षिक शुल्कमा छुट प्रदान गर्नुका ५ लाखसम्मको निःशुल्क दुर्घटना बीमा लगायतका सुविधाहरु पनि रहेका छन्। यस बचत खातामा ग्राहकले ६ प्रतिशतसम्म वार्षिक ब्याजदर प्राप्त गर्नेे बैंकले जनाएको छ।

यो खाता खोल्न आफुलाई पाएक पर्ने सिद्धार्थ बैंकको शाखाहरु तथा सिद्धार्थ क्यापिटल, नारायणचौर नक्सालमा समेत सम्पर्क राख्न सकिनेछ ।

सिद्धार्थ बैंकले हाल नेपालभर रहेका आफ्ना ७५ शाखा, २ एक्स्टेन्सन काउन्टर, ९८ एटिएम, ७० शाखारहित बैंकिङ सेवा र ४५० भन्दा बढी पीओएस् मार्फत् ग्राहकहरुलाई उच्चस्तरिय बैंकिङ सेवा प्रदान गरी आएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।