तारागाउँ रिजेन्सीले बल्ल निकाल्यो गत बर्षको वित्तिय विवरण, कहिले हाेला नियमन  ?

Oct 27, 2017 Merolagani

खुद नाफा दोब्बरले बढ्यो

तारागाउँ रिजेन्सी होटल्स (TRH) ले चालु आर्थिक बर्षको अवधिमा २८ करोड सात लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा दोब्बर भन्दा बढी हो । गत बर्ष कम्पनीले १३ करोड ६७ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

कम्पनीको आम्दानी २४.५४ प्रतिशतले बढेर एक अर्ब २६ करोड ७५ लाख रुपैयाँ पुगेको छ । अन्य आम्दानी १६ करोड २० लाख ५९ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक बर्षमा १४ करोड दुई लाख १६ हजार रुपैयाँ घाटामा जगेडा रहेको कम्पनीले गत बर्ष १४ करोड पाँच लाख ५५ हजार रुपैयाँ सञ्चित गर्न सकेको देखिन्छ ।

कम्पनीसँग हाल तीन अर्ब दुई करोड ७८ लाख रुपैयाँ सम्पत्ति रहेको छ । गतबर्षको यसै अवधिको तुलनामा कम्पनीको कुल सम्पत्ति ३.३७ प्रतिशतले मात्र बढेको छ । उसको एक अर्ब रुपैयाँको कुल दायित्व रहेको छ । कम्पनीको नोक्सानी व्यवस्था अघिल्लो आवमा १५ करोड ८८ लाख रहेकोमा गत बर्ष बढेर १७ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८८ करोड ६६ लाख रुपैयाँ रहेको छ । जसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८८ पैसा, नेटवर्थ ११४ रुपैयाँ चार पैसा र मूल्य आम्दानी अनुपात १७ दशमलव ५४ गुणा बढी रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

कहिले हाेला नियमन ?

प्रत्यक्ष नियमनकारी निकाय नभएका जलविद्युत्त, होटल्स जस्ता कम्पनीहरुलाई कडा नियमन गर्नुपर्ने आवश्यकता बढ्दै गएको देखिन्छ । यस्ता कम्पनीहरुले वित्तिय विवरण समेत निश्चित समयमा निकाल्ने गरेका छैनन् भने कतिपय कम्पनीले प्रकाशित नै गर्ने नगरेको पाईन्छ ।

यसमा धितोपत्र बोर्डजस्ता नियामक निकायले कडाई गर्नुपर्ने देखिन्छ । सम्बन्धित कम्पनीका सेयरधनीले यस्ता कम्पनीहरुको जानकारी तथा सूचना समयमा प्राप्त गर्न नसक्ने अवस्था हाल विद्यमान रहेको छ । यसबाट लगानीकर्ता थप पीडित बन्ने गरेका छन् । यसमा सम्बन्धित सबै सराेकारवाला निकायकाे ध्यान पुग्न अावश्यक छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।