हङकङको सबैभन्दा पुरानो स्टक एक्सचेन्ज हल बन्द

Oct 27, 2017 BBC

हङकङमा विगत ३० बर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेको सबैभन्दा पुरानो स्टक एक्सचेन्ज हल बन्द भएको छ । सन् १८९१ मा पहिलो पटक स्थापना भएको हल शेयर बजारका लागि भौतिक व्यापारिक केन्द्रका रुपमा रहेको थियो ।

फाेटाे :- बिबिसी

सन् १९८० र ९० को दशकको समयमा उक्त हल हजारौँ व्यापारीहरुका लागि प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको थियो । जहाँ मानिसहरु स्वयम् उपस्थित भएर शेयर कारोबार गर्ने गरेका थिए । तर विद्युतीय क्षेत्र र इन्टरनेटको बिकासले उक्त उद्योगलाई अपरिवर्तनीय रुपमा बदलिदिएको छ ।

टोकियो, सिंगापुर र लन्डनपछिको बढ्दो क्लबमा विद्युत्तिय कारोबारमा हङकङको समेत सहभागिता बढेको हो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

क्रिस्टोफर चेउंगले सन् १९७१ मा उक्त उद्योगमा पहिलोपटक अनुभव हासिल गरेका हुन् । हाल उनी क्रिस्टफण्ड सेक्युरिटीजका संस्थापकका रुपमा रहेका छन् ।

क्रिस्टोफरले उक्त स्टक एक्सचेन्ज हल बन्द भएको दिनमा भने,:- "मलाई यो ठाउँमा विशेष किसिमको आत्मियता र लगाव रहेको छ । हरेक दिन हामी यहाँ काम गर्न आउँदा सबैजना एकै ठाउँमा बसेर पुरै दिन स्टकका बारेमा नै कुरा गर्थ्यौं । तर मलाई थाहा छ कि हरेक चीजहरु समयसँगै बदलिरहेको छ । वित्तिय प्रविधि पनि बदलिदो क्रममा रहेको छ । त्यसैले समयसँग समायोजन गर्नका लागि यहाँबाट जान र यो ठाउँलाई छोड्न आवश्यक छ । ताकि नयाँ प्रविधिले स्थान पाओस् ।"

सन् १८९१ मा स्टक एक्सचेन्ज स्थापना स्थापना हुँदा हङकङमा व्रिटिश उपनिवेश रहेको थियो । त्यहाँको व्यापारमा पनि व्रिटिशहरुको वर्चस्व रहेको थियो । यही कारणले गर्दा हङकङमा चिनीयाँ व्यापारीहरुले सन् १९६० को दशकमा आफ्नै व्यापार संगठन सञ्चालन गरेका थिए ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।