प्रुडेन्सियल इन्स्योरेन्सको २० प्रतिशत बोनसपछि सेयरमूल्य समायोजन

Nov 03, 2017 Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को सेयरमूल्य शुक्रबार समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले गत बर्ष प्रुडेन्सियले वितरण गरेको २० प्रतिशत बोनसपछि मूल्य समायोजन गरेको हो ।

नेप्सेले २० प्रतिशत बोनसलाई समायोजन गरि प्रुडेन्सियल इन्स्योरेन्सको प्रतिकित्ता ११९० रुपैयाँ मूल्य कायम भएकाे जनाएकाे छ । यसअनुसार कम्पनीको सेयर कारोबार आईतबार प्रतिकित्ता ११९० रुपैयाँलाई आधार मानेर खुला हुनेछ । इन्स्योरेन्सको १८० दिनको सेयरमूल्यको आधारमा औसत आधारमूल्य ९६२ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

प्रुडेन्सियल इन्स्योरेन्सले २० प्रतिशत बोनस पारित गर्न मंसिर १ गते होटल इच्छा सिमरामा १६ औं बार्षिक साधारण सभा डाकेको छ । यो बोनस कात्तिक १६ गते बिहीबारसम्म कायम रहेका लगानीकर्ताले मात्र प्राप्त गर्नेछन् ।

४२ करोड ७६ लाख ८० हजार रुपैयाँ चुक्ता पूँजी रहेको प्रुडेन्सियलको २० प्रतिशत बोनसपछि ५१ करोड ३२ लाख १६ हजार रूपैयाँ पुग्नेछ । इन्स्योरेन्सले गत आवमा १७ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले धितापत्र बोर्डमा ३० प्रतिशत बराबरको १२ लाख ८३ हजार ४० कित्ता हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । उक्त हकप्रद स्वीकृत भएको खण्डमा कम्पनीको चुक्ता पूँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

बीमा समितिको निर्देशन अनुरूप कम्पनीले २०७५ असार मसान्तमा एक अर्ब पूँजी कायम गर्नु पर्नेछ । 

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।