चिलिमे जलविद्युतको कमाईमा सुधार, प्रतिसेयर आम्दानी भने खस्कियो

Nov 12, 2017 merolagani



२५ प्रतिशत लाभांस पारित
चिलिमे जलविद्युत कम्पनीले चालु आर्थिक वषको पहिलो तीन महिनामा ३० करोड ९१ लाख खुद मुनाफा कमाएको छ ।यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.५९ प्रतिशत बढी हो । कम्पनीले गत आर्थिक बर्षको यसै अवधिमा ३० करोड १३ लाख खुद आम्दानी गरेको थियो ।


विद्युत बिक्रीबाट ३६ करोड ९५ लाख कमाएको कम्पनीले संचालनखर्च कटाएर उक्त आम्दानी गरेको हो । तीन महिनाको अवधिमा चिलिमेले विद्युत बिक्रीबाट ३६ करोड आम्दानी गरेको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६४ लाख बढी हो ।

कम्पनीको चुक्तापूँजी ३ अर्ब ४४ करोड तथा जगेडा कोष ५ अर्ब २१ करोड रहेको छ ।कम्पनीको मुनाफा बढेपनि प्रतिसेयर आम्दानीमा भने ह्रास आएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ८६ पैसा कायम भएको छ । गतबर्ष प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ४५ पैसा थियो ।

२५ प्रतिशत लाभांश पारित

कम्पनीले गतबर्षको कमाईबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश तथा १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न साधारणसभाले लाभांस र बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

बोनसपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ९६ करोड पुग्नेछ ।

यसमा नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहेको छ । जसमध्ये १० प्रतिशत स्वामित्व स्थानियको रहेको छ । यस कम्पनीको सहायक कम्पनीहरुमा रसुवागढी हाइड्रोपावरमध्ये भोटेकोशी जलविद्युत कम्पनी र सान्जेन जलविद्युत कम्पनी रहेका छन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।