आईपिओभन्दा सस्तो शेयरमूल्य रहेको ङादी ग्रुपले कमायो २३ रुपैयाँ

Nov 19, 2019 08:53 AM Merolagani



धितोपत्रको दोस्रो बजारमा आईपिओभन्दा सस्तो शेयरमूल्य रहेको ङादी ग्रुप पावर कम्पनी (NGPL) ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ६९ पैसा कायम गरेको छ।

कम्पनीले विभिन्न शिर्षहरुमा हुने खर्चमा कटौति गरि विद्युत ब्यापारबाट आम्दानी बढाउँदा गत आवको प्रथम त्रैमास अवधिको तुलनामा इपिएसमा ३ रुपैयाँले सुधार गरेको हो। कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९८ रुपैयाँमा कारोबार भएको छ।

गत आवको यसै अवधिमा कम्पनीले वार्षिक २० रुपैयाँ ६८ पैसा कायम रहेको थियो। ५३ करोड ५५ लाख रुपैयाँ पूँजी रहेको यस कम्पनीको ९७ करोड २९ लाख बराबरको सम्पत्ति तथा दायित्व रहेको छ।

चालू आवको असोज मसान्तसम्म कम्पनीले विद्युत्त बिक्रीबाट ५ करोड ३५ लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा कम्पनील ५ करोड ५ लाख ४ हजार रुपैयाँ आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ४ करोड ७५ लाख ७३ हजार रुपैयाँ पुगेको छ। गत आवको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा ४ करोड ४९ लाख ४७ हजार रुपैयाँ थियो।

 गत असोजको तुलनामा अन्य आय भने १० लाख ५४ हजारबाट घटेर ५९ हजारमा खुम्चिएको छ।

कम्पनीको जगेडा कोषमा ९ करोड ६५ लाख रुपैयाँ सञ्चित छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ०३ पैसा र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १८१ रुपैयाँ रहेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।