सिनर्जी पावरको विद्युत बिक्रीबाट आय बढ्यो, सब-स्टेशन र प्रसारण लाइन नहुँदा ४० प्रतिशतभन्दा बढी विद्युत खेर

Nov 18, 2019 08:23 AM Merolagani



चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सिजर्नी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड (SPDL) ले विद्युत बिक्री गरी ८ करोड ७८ लाख ५४ हजार रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ करोड ५ लाख २९ हजार रुपैयाँ बढी हो।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ७३ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको थियो।

प्रसारण लाइन निर्माण समयमा नै सम्पन्न नभएका कारण वर्षयाममा कुल क्षमताको ४० प्रतिशतभन्दा बढी विद्युत खेर गइरहेको कम्पनीले जनाएको छ। सिप्रिङ्ग खोला जलविद्युत आयोजनाको सम्झौता बमोजिम विद्युत प्रवाह हुनुपर्ने सिँगाटी सब–स्टेशन तथा सिँगाटी–लामासाँघु १३२ केभि प्रसारण लाईन समयमै सम्पन्न नभएका कारण विगत ७ वर्षदेखि आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको कम्पनीले जनाएको छ। सो सब–स्टेशन र प्रसारण लाइन यस वर्ष सम्पन्न हुने कम्पनीले अपेक्षा गरेको छ।

चालु आवको असोज मसान्तसम्ममा कम्पनीले ४ करोड १९ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ५७ लाख ३१ हजार बढी हो। कम्पनीले खर्च व्यववस्थापन गर्दै आम्दानी बढाउन सफल भएपछि नाफा बढ्न पुगेको हो।

७० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने ६ करोड ७५ लाख ८५ हजार ऋणात्मक रहेको छ। कम्पनीको त्रैमासिक प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९९ पैसा रहेको छ। यस हिसाबमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ९६ पैसा हुन्छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ ३४ पैसा कायम भएको छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।