यी हुन् अझै प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन नगर्ने चार हाइड्रोपावर

Nov 28, 2019 02:09 PM Merolagani

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ३२ वटा हाइड्रोपावर कम्पनीमध्ये बरुण हाइड्रोपावर कम्पनी, घलेम्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र पञ्चकन्या माइ हाइड्रोपावरले वित्तीय विवरण सार्वजनिक गरेका छैनन्।

चालु आर्थिक वर्षको पहिलो त्रैमास समाप्त भएको चालिस दिन कटेपनि यी चार हाइड्रोपावर कम्पनीले आफ्नो यर्थाथ वित्तीय विवरण आफ्ना शेयरधनीलाई प्रकाशनमा ल्याएका छैनन्। वित्तीय विवरण प्रकाशन नगर्ने चारवटै कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा तल झरेको छ।

नेप्सेमा लामो समयदेखि सूचीकृत रहेर कारोबार हुँदै आएको बरुण हाइड्रोपावरले चालु आवको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन। कम्पनीले गत आवको चौंथो त्रैमासको वित्तीय विवरण पनि निकै ढिलो गरि सार्वजनिक गरेको थियो।

त्यसैगरि करिब एक वर्षअघि मंसिरमा नै आईपिओ जारी गरेको जोशी हाइड्रोले हालसम्म कुनैपनि वित्तीय विवरण सार्वजनिक गरेको छैन भने गत माघमा आईपिओ निष्काशन गरेको घलेम्दी हाइड्रोपावरले पनि हालसम्म कुनै वित्तीय विवरण सार्वजनिक गरेको छैन।

वित्तीय विवरण सार्वजनिक नगर्ने अर्को पञ्चकन्या माइले भने आव २०७५/७६ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको थियो। तर सो पछिका वित्तीय विवरण भने उसले पनि सार्वजनिक गरेको छैन।

अन्य २८ वटा कम्पनीले भने वित्तीय विवरण प्रकाशन गरिसकेका छन्। जसमध्ये हिमालयन पावर पार्टनरले पनि खर्चको विवरण प्रकाशन नगरि चालु सम्पत्ति तथा दायित्वको विवरण मात्र प्रकाशन गरेको छ। 

यस अवधिमा २८ कम्पनीको कूल चुक्ता पूँजी ४९ अर्ब २४ करोड ३६ लाख रुपैयाँ रहेको छ। यस अवधिमा ६ हाइड्रोपावर कम्पनी नोक्सानीमा गएका छन् भने २१ कम्पनी मुनाफामा छन्। हिमालयन पावर पार्टनरले नोक्सानी वा नाफा उल्लेख गरेको छैन। यस अवधिमा १३ हाइड्रोको जगेडा नोक्सानीमा छ भने १४ वटाको धनात्मक छ। यस अवधिमा १५ कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा तल रहेको छ।

जलविद्युत कम्पनीहरुको प्रत्यक्ष नियमकारी निकाय अभावले यी समूहको वित्तीय विवरणमा समेत एकरुपता देखिँदैन। केहीले अघिल्लो आवको जगेडा कोषलाई समेत प्रथम त्रैमासको मुनाफासँग जोडेर धेरै नाफा देखाउने गरेका छन् भने केहीले आफुअनुकुलका विवरण मात्र प्रकाशन गर्ने गरेका छन्।

सर्वसाधारणमा शेयर जारी गरिसकेर पब्लिक कम्पनीमा आएका कम्पनीले पनि सार्वजनिक महत्वको जानकारी प्रकाशन नगर्दा लगानीकर्ताले पनि खबरदारी गर्ने परिपाटी विकास हुन सकेको छैन। जसले त्यस्ता सम्बन्धित कम्पनीलाई भने झनै हाइसञ्चो हुने गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।