नेपाल हाइड्रो डेभलपरको सेयर कारोबार खुल्यो, एनएचडिएल सिम्बोल प्रदान

Nov 14, 2017 Merolagani



नेपाल हाइड्रो डेभलपर कम्पनी (NHDL) को सेयर कारोबार मंगलबारबाट सुरु भएको छ । कारोबारका लागि नेपाल स्टक स्टक एक्सचेञ्जले कम्पनीलाई एनएचडिएल (NHDL) सिम्बोल प्रदान गरेको छ ।

नेप्सेले पहिलो सेयर कारोबारका लागि ८९ रुपैयाँदेखि २६७ रुपैयाँसम्मको मूल्य प्रदान गरेको हो ।

 

कम्पनीले गत साउन २७ गतेदेखि ३२ गते तीन लाख ६२ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो । 
२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि २६ करोड रुपैयाँ पूँजी पुगेको छ । दोलखामा ३.५२ मेगावाटको चर्नावति जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।