सिद्धार्थ इक्वीटी फण्डको नेप्सेमा कारोबार सुरु

Jan 14, 2018 Merolagani



सिद्धार्थ इक्वीटी फण्ड (SEF) को एकाईको कारोबार आईतबारबाट खुला भएको छ । नेप्सेले कारोबार सुचारु गर्न इकाईको कारोबारका लागि एसइएफ  (SEF) सिम्बोल प्रदान गरेको छ । कम्पनीको इकाईको सुरु कारोबार मूल्य १० रुपैयाँ तोकिएको छ । 

सिद्धार्थ बैंकको प्रवद्र्धन तथा सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा निष्काशन भएको सिद्धार्थ इक्विटी फण्डले १० वर्ष अवधिको बन्दमुखी योजनाको एक अर्ब ५० करोड रुपैयाँको १५ करोड इकाइ असोज २५ देखि ३० गतेसम्म निष्काशन गरि कात्तिक २३ गते बाँडफाँड गरेको थियो ।

निष्काशित इकाईमध्ये फण्डको प्रवद्र्धक सिद्धार्थ बैंकलाई दुई करोड २५ लाख ईकाईहरु छुट्याइएको थियो । बाँकी १२ करोड ७५ लाख इकाइमध्ये जसमा ८० लाख रुपैंयाँसम्मका सबै आवेदकहरुलाई मागेजति सबै रकमको ईकाई बितरण गरिएको थियो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

१० लाख ईकाई अर्थात एक करोड रुपैंयादेखि माथि दुई करोड ४० लाख रुपैंयाँसम्मका लागि ४१ वटा आवेदन परेकोमा ३३ आवेदकलाई ९ लाख ६७ हजार ७४८ ईकाईहरु र ८ आवेदकलाई ९ लाख ६७ हजार ७४७ ईकाईहरु बाँडफाँड गरिएको थियो ।

क्यापिटलले सिद्धार्थ लगानी वृद्धि १ र सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम सञ्चालन गरेकोमा सिद्धार्थ लगानी वृद्धिको अवधि पुस ९ गतेदेखि समाप्त भएको छ । 




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।