बोनस समायोजन पश्चात १२ वाणिज्य बैंकको सेयर मूल्य कति घट्यो ? लाभांस सहित तथ्यांकमा हेर्नुहोस्

Dec 25, 2017 Merolagani

हालसम्म १२ वटा वाणिज्य बैंकहरुले प्रस्ताव गरेको बोनस सेयर दोस्रो बजारको सेयर मूल्यमा समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा बोनस समायोजन भए पछि अधिकांस बैंकहरुको सेयरमूल्य तिब्र गतिमा ओरालो लागेको छ । दर्जन बैंकहरुमध्ये सानिमा बैंकको सेयरमूल्य समायोजित मूल्यभन्दा माथि छ भने बाँकी बैंकहरुको सेयरमूल्यमा अधिक गिरावट देखिएको छ ।

गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गर्ने प्रतिफलको प्रस्ताव पारित गर्न बोलाइएको साधारण सभाका लागि १२ बैंकहरुले सेयरधनी पुस्तिका बन्द गरेका हुन् । अरु वाणिज्य बैंक मध्ये केहीले बोनस प्रस्ताव गरे पनि अधिकांसको लाभांस प्रस्ताव हुन बाँकी छ । १२ बैंकहरु मध्ये बोनस तथा नगद गरी नबिल बैंकले सबैभन्दा धेरै लाभांस बितरण गरेको छ । सबैभन्दा थोरै लाभांस बितरण गर्नेमा लक्ष्मी बैंक परेको छ । वाणिज्य बैंकहरुले बितरण गरेको लाभांस तथ्यांकमा हेर्नुहोस्-फोटोमा क्लिक गर्नुहोस् । (Green = Bonus, Red = Cash, Blue = Total)

बैंकहरुले उल्लेखित लाभांस बितरण गर्दा बोनस सेयर समायोजन भैसकेको छ । उक्त सेयर मूल्य समायोजन भए पश्चात सानिमा बैंकको सेयर मूल्य केही माथि गएको देखिन्छ । बाँकी ११ वटा बैंकहरुको सेयरमूल्य निरन्तर ओरालो लागेको तथ्यांकले देखाउँछ ।

यो तथ्यांकले लगानीकर्ताहरुले पाउने लाभांसको हाराहारीमा दोस्रो बजारको सेयरमूल्य तल झरिसकेको संकेत गर्छ । यसको मतलव यो हो कि, बोनस तथा लाभांसको खबरले उचालिएर सेयर खरिद गर्नेहरु अहिले नोक्सानीको अवस्थामा पुगेका छन् । केही बैंकहरुले मात्र बोनस सेयर डिम्याट खातामा पठाएको अवस्थामा धेरै बैंकहरुको सेयर लगानीकर्ताले पाउन बाँकी छ ।

सिटिजन्स बैंकको सेयर मूल्य समायोजन भए पश्चात प्रतिकित्ता सेयर मूल्य झण्डै १० प्रतिशतले तल झरेको छ । तथ्यांकमा हेर्नुहोस्, बोनस समायोजन भए पछि कुन् बैंकको सेयरमूल्य कति घट्यो ? -फोटोमा क्लिक गर्नुहोस् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।