कम्पनीले वितरण गर्ने लाभांश धितोपत्र बोर्डको निर्देशन बमोजिम सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग मार्फत सेयरधनीको हीतग्राही खातामा नै नगद लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।
यसका लागि सेयर डिम्याट गरिसकेका सेयरधनीलाई हीतग्राही खातामा बैंक खातामा अद्यावधिक गराउन कम्पनीले अनुरोध गरेको छ ।
हालसम्म पनि आफ्नो सेयर डिम्याट नगराएका सेयरधनीलाई नबिल इन्भेष्टमेन्टको कार्यालय नक्सालमा बैंक खाता उपलब्ध गराउन कम्पनीले सूचना जारी गरेको छ ।
थप जानकारीका लागि कम्पनीले आइतबारदेखि बिहीबारसम्म बिहान १० देखि दिउँसो ३ बजेसम्म र शुक्रबार १० देखी १ बजेसम्म सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।