हिमालयन जनरल इन्स्योरेन्सले बुधबारदेखि बाँड्न थाल्यो लाभांश

Feb 14, 2018 Merolagani

हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको लाभांश बुधबारदेखि बाँड्न सुरु गरेको छ । कम्पनीले सम्बन्धित सेयरधनीहरुले हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा जम्मा हुने व्यवस्था गरेको जनाएको छ ।

इन्स्योरेन्सको गत पुस ३० गते सम्पन्न २४ औं बार्षिक साधारणले १५ प्रतिशत नगद लाभांश पारित गरेको थियो । सो नगद लाभांश एनएमबी क्यापिटल मार्फत सम्बन्धित सेयरधनीको बैंक खातामा नै रकमान्तर गर्ने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ ।

साधारणसभा प्रयोजनका लागि सेयर दाखिला बन्द हुने मितिसम्म कायम रहेका सेयरधनीको हितग्राही खातामा बैंकको खाता अद्यावधिक भएको हकमा लाभांश सोही खातामा जम्मा हुनेछ ।

हालसम्म सेयर डिम्याट नगरेकाको हकमा भने क्यापिटलमा निवेदन दिएपछि मात्र खातामा प्राप्त गर्नसक्ने क्यापिटलले जनाएको छ ।

विस्तृतमा हेर्नुहोस् सूचना :-

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।