अन्तर बैंक ब्याजदर बढेपछि राष्ट्र बैंकको हस्तक्षेप, दश अर्बको रिपो जारी

Jan 31, 2018 merolagani



बैंक तथा वित्तीय संस्थाहरुको अन्तर बैंक ब्याजदर पाँच प्रतिशत नाघेपछि राष्ट्र बैंकले हस्तक्षेप गरी दश अर्बको रिपो जारी गरेको छ । बजारमा तरलता (लगानी योग्य पुँजी) अभाव भएको भन्दै बैंकहरुले अन्तर बैंक ब्याजदर बढाउन थालेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बुधबार दश अर्ब रुपैयाँ पठाउन लागेको हो ।



एक साताअघिसम्म अन्तरबैंक ब्याजदर ३ प्रतिशत भएकोमा एक साताका बीचमा बढेर ५ प्रतिशत नाघेको छ । अन्तरबैंक ब्याजदर स्थिर भएका कारण डेढ महिनादेखि राष्ट्र बैंकले रिपो जारी गर्न पाएको थिएन् ।

राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा तरलता घटेर १८ अर्ब को हाराहारीमा रहेको छ । तरलता बढाउन केन्द्रीय बैंकले थप रकम प्रवाह गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

तरलता कम भएपछि बैंकहरुको अन्तर ब्याजदर समेत पाँच प्रतिशत नााघेको राष्ट्र बैंकको भनाई छ । ब्याजदर करिडोर नीति अन्तर्गत अन्तर बैंक ब्याजदर पाँच प्रतिशत पुगेपछि राष्ट्र बैंकले बजारमा रकम पठाउने गर्दे आएको छ । यो रकम बैंकहरुले लगेपछि अन्तर बैंक ब्याजदर पाँच प्रतिशतमै सिमित हुने छ ।

रिपोमा बैंक तथा वित्तीय संस्थाले बुधबार (१७ गते) बोलकबोल गर्नुपर्नेछ । राष्ट्र बैंकले ५ प्रतिशत ब्याजदरमा रिपोमार्फत उक्त रकम बजारमा पठाउन लागेको हो । रिपोको म्याद फागुन २ गतेसम्म रहेको छ ।

चालु आर्थिक वर्षमा राष्ट्र बैंकले ७ पटक रिपो जारी गरी ५२ अर्ब ४५ करोड रुपैयाँ बजारमा पठाई सकेको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।