राष्ट्र बैंकले आज वित्तीय बजारमा २० अर्ब रुपैयाँ प्रवाह गर्ने

Mar 14, 2018 merolagani



नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय बजारमा २० अर्ब रुपैयाँ पठाउने भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता असहज भएर अन्तर बैंक कारोबारको ब्याजदर पाँच प्रतिशत नाघेपछि राष्ट्र बैंकले रिपो मार्फत बजारमा उक्त रकम पठाउन लागेको हो ।

राष्ट्र बैंकका अनुसार अहिले वित्तीय प्रणालीमा २२ अर्ब रुपैयाँ बराबरको तरलता रहेको छ । तर ब्याजदर करिडोर सम्बन्धी कार्यविधीमा गरिएको व्यवस्था अनुसार अन्तर बैंक ब्याजदर पाँच प्रतिशत भन्दा बढी भएमा राष्ट्र बैंकले बजारमा रिपो उपकरण मार्फत रकम प्रवाह गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकले दुई साताको लागि उक्त रिपो जारी गर्न लागेको हो। जसको ब्याजदर पाँच प्रतिशत तोकिएको छ । बुधबार जारी हुने रिपो चैत्र १४ गते परिपक्व हुनेछ ।

राष्ट्र बैंकले बजारमा तरलता धेरै भए रिभर्स रिपोमार्फत पैसा खिच्छ भने कम भए रिपोमार्फत पैसा प्रवाह गर्दै आएको छ । यो रकम प्रवाह भएपछि अन्तर बैंक कारोबारको ब्याजदर नियन्त्रणमा आउँने राष्ट्र बैंकको विश्वास छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।