राष्ट्र बैंकले आज वित्तीय बजारमा २० अर्ब रुपैयाँ प्रवाह गर्ने

Mar 14, 2018 merolagani



नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय बजारमा २० अर्ब रुपैयाँ पठाउने भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता असहज भएर अन्तर बैंक कारोबारको ब्याजदर पाँच प्रतिशत नाघेपछि राष्ट्र बैंकले रिपो मार्फत बजारमा उक्त रकम पठाउन लागेको हो ।

राष्ट्र बैंकका अनुसार अहिले वित्तीय प्रणालीमा २२ अर्ब रुपैयाँ बराबरको तरलता रहेको छ । तर ब्याजदर करिडोर सम्बन्धी कार्यविधीमा गरिएको व्यवस्था अनुसार अन्तर बैंक ब्याजदर पाँच प्रतिशत भन्दा बढी भएमा राष्ट्र बैंकले बजारमा रिपो उपकरण मार्फत रकम प्रवाह गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकले दुई साताको लागि उक्त रिपो जारी गर्न लागेको हो। जसको ब्याजदर पाँच प्रतिशत तोकिएको छ । बुधबार जारी हुने रिपो चैत्र १४ गते परिपक्व हुनेछ ।

राष्ट्र बैंकले बजारमा तरलता धेरै भए रिभर्स रिपोमार्फत पैसा खिच्छ भने कम भए रिपोमार्फत पैसा प्रवाह गर्दै आएको छ । यो रकम प्रवाह भएपछि अन्तर बैंक कारोबारको ब्याजदर नियन्त्रणमा आउँने राष्ट्र बैंकको विश्वास छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।