अन्तर बैंक ब्याजदर बढेपछि राष्ट्र बैंकको हस्तक्षेप, २० अर्बको रिपो जारी

Apr 24, 2018 merolagani

यस्तो छ बैंकहरुको कर्जा निक्षेप अनुपात

बैंक तथा वित्तीय संस्थाहरुको अन्तर बैंक ब्याजदर पाँच प्रतिशत नाघेपछि राष्ट्र बैंकले हस्तक्षेप गरी २० अर्बको रिपो जारी गरेको छ । बजारमा तरलता (लगानी योग्य पुँजी) अभाव भएको भन्दै बैंकहरुले अन्तर बैंक ब्याजदर बढाउन थालेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बुधबार २० अर्ब रुपैयाँ पठाउन लागेको हो ।

एक साताअघिसम्म ३ प्रतिशत रहेको अन्तरबैंक ब्याजदर वैशाख लागे यता बढेर ५ प्रतिशत नाघेको छ ।

तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्ने क्रममा कर्जा निक्षेप अनुपात सन्तुलनमा राख्न बैंकहरुले अन्तर बैंक कारोबारलाई बढावा दिएका थिए । जसले गर्दा अन्तर बैंक ब्याजदर पाँच प्रतिशत नाघेको हो ।

तरलता कम भएपछि बैंकहरुको अन्तर ब्याजदर समेत पाँच प्रतिशत नााघेको राष्ट्र बैंकको भनाई छ । ब्याजदर करिडोर नीति अन्तर्गत अन्तर बैंक ब्याजदर पाँच प्रतिशत पुगेपछि राष्ट्र बैंकले बजारमा रकम पठाउने गर्दे आएको छ । यो रकम बैंकहरुले लगेपछि अन्तर बैंक ब्याजदर पाँच प्रतिशतमै सिमित हुने छ । अन्तरबैंक ब्याजदर स्थिर भएका कारण करिब ६ महिनादेखि राष्ट्र बैंकले रिपो जारी गर्न पाएको थिएन् ।

रिपोमा बैंक तथा वित्तीय संस्थाले बुधबार ( वैशाख १२ गते) बोलकबोल गर्नुपर्नेछ । राष्ट्र बैंकले ५ प्रतिशत ब्याजदरमा रिपोमार्फत उक्त रकम बजारमा पठाउन लागेको हो । रिपोको म्याद वैशाख २६ गतेसम्म रहेको छ ।

चालु आर्थिक वर्षको आठ महिना अर्थात फागनुसम्म राष्ट बैंकले ब्याजदर करिडोर अन्तर्गतको १४ दिने रिपो बोलकबोलमार्फत ६० अर्ब १५ करोड र सोझै खरिद बोलकबोलमार्फत्. ३७ अर्ब १० करोड गरी कुल ९७ अर्ब २५ करोड तरलता प्रवाह गरिसकेको छ ।

यस्तो छ बैंकहरुको कर्जा निक्षेप अनुपात

हालसम्म चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरको वाणिज्य बैंकहरुको वित्तीय विवरणले पनि बैंकहरुमा लगानी योग्य रकमको अवस्था सहज नरहेको देखाउछ । अधिकांस बैंकहरुको कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको ८० प्रतिशतकै हाराहारीमा पुगेको देखिन्छ ।

तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने एघार वाणिज्य बैंकहरुमध्ये एसबिआई बैंक कर्जा विस्तार गर्न नसक्ने अवस्थामा पुगेको छ । ग्लोबल आइएमई बैंक केही सहज अवस्थामा देखिन्छ । प्रायजसो बैंकको यस्तो अनुपात ७६ देखि ७८ प्रतिशतसम्म रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।