२६ करोडको कम्पनीको ३७ करोड मुनाफा, प्रतिसेयर आम्दानी १३९ रुपैयाँ

Feb 13, 2018 merolagani

राष्ट्रिय बीमा कम्पनी (RBCL) को चालु आर्थिक बर्षको ६ महिनामा ३७ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा कम्पनीको खुद नाफा ४२.३७ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले २६ करोड १६ लाख खुद नाफा कमाएको थियो ।



कम्पनीले यसअवधिमा १२ करोड ८८ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको खुद बीमा शुल्क आय २१ प्रतिशतले बढी हो । जसले पुनर्बिमा कमिसनबाट १ करोड ३८ लाख आम्दानी गरेको छ ।

दोस्रो त्रैमाससम्म कम्पनीले कुल ३ करोड ४३ लाख ८४ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ पुगेको कम्पनीको रिजर्भ कोषमा १ अर्ब ९८ करोड रुपैयाँ छ । यसैगरी, बीमा कोषमा एक अर्ब २६ करोड राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १३९ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ ८४३ रुपैयाँ ११ पैसा छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।