युनाइटेड इन्स्योरेन्सको जगेडा कोष पाँच करोड रुपैयाँ ऋणात्मक

Feb 12, 2018 Merolagani

युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १४ लाख ४२ हजार रुपैयाँ बढाएर चार करोड ६ लाख रुपैयाँ आर्जन गरेको छ ।

खुद नाफा बढेपनि कम्पनीको जगेडा कोष भने चार करोड ९० लाख ८५ हजार रुपैयाँ ऋणात्मक छ । गत बर्ष कम्पनीको जगेडा कोष २२ करोड ४८ लाख रुपैयाँ सञ्चित रहेकोमा अहिले ऋणात्मक बन्न पुगेको हो ।

६ महिना अवधिमा कम्पनीले १७ करोड ३७ लाख ७५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको जुन गत बर्षको तुलनामा दुई करोड ४६ लाख रुपैयाँ कम हो । त्यस्तै कूल बीमा शूल्क ६ करोड ६३ लाख रुपैयाँ घटेर २६ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको जारी बीमालेख संख्या ३५ हजार ६६४ रहेको छ ।

पुनर्बीमा कमिशनबाट हुने आय घटेर दुई करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको युनाइटेडले १७ करोड ५२ लाख कुल दाबी भुक्तानी गरेको छ भने ४२ करोड ८८ लाख भुक्तानी हुन बाँकी देखिन्छ । गत बर्ष कम्पनीले दाबी भुक्तानीका लागि आठ करोड ५९ लाख रुपैयाँ खर्च गरेको थियो भने ७० करोड ३३ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको थियो ।

३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी बार्षिक २६ रुपैयाँ ८८ पैसा रहेको छ । उसको बीमा कोषमा १९ करोड ५४ लाख रुपैयाँ तथा महाविपत्ती जगेडा कोषमा ६९ लाख १४ हजार रुपैयाँ सञ्चित रहेको देखिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।