६४ करोड १४ लाख चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष १८ लाख ५४ करोडबाट घटेर ७ करोड ९० लाख रुपैंयाँ सञ्चित हुन पुगेको छ ।
सिद्धार्थ इन्स्योरेन्सले ७६ हजार ७२१ बीमालेखबाट ८७ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत बर्ष कम्पनीले ५८ लाख ६९९ बीमालेखबाट ७३ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको थियो ।
पुस मसान्त कम्पनील दुई हजार ५२८ वटा दाबीको ४६ करोड ३८ लाख रुपैंयाँ भुक्तानी गरेको देखिन्छ भने दुई हजार ४३२ दाबीको ७१ करोड ५८ लाख भुक्तानी हुन बाँकी रहेको छ । जुन गतबर्षको यसै अवधिको तुलनामा १० करोड ६७ लाख बढी हो ।
कम्पनीको बीमा कोष ३४ करोड ४४ लाखबाट ४५ करोड ६६ लाखमा पुगेको छ भने पूर्नबीमा कमिशन आय दुई करोडले बढाएर ११ करोड ५७ लाख आर्जन गरेको छ । व्यवस्थापन खर्च चार करोड बढेको कम्पनीले अभिकर्ता कमिशनमा दुई करोड २७ लाख खर्च गरेको देखिन्छ ।
इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३९ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १९२ रुपैयाँ ७३ पैसा रहेकाे छ ।
यसैगरी इन्स्योरेन्सले ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले चुक्ता पुँजी ६४ करोड १४ लाख २१ हजार ६०० रुपैयाँको ३५ प्रतिशत हकप्रद जारी गर्न लागेको हो । हकप्रद बिक्रीपछि इन्स्योरेन्सको चुक्ता पुँजी ८६ करोड ५९ लाख पुग्नेछ ।