कमोडिटि फ्युचर्स एक्सचेञ्जले बजार सञ्चालन गर्न अनुमति पत्र लिने

Mar 05, 2018 Merolagani

कमोडिटि स्टक एक्सचेञ्जले बस्तु बजार सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र लिने भएको छ । कम्पनीले छैटौ बार्षिक साधारण सभामा अनुमति पत्र लिने तथा धितोपत्र बोर्डमा पेश गर्नुपर्ने बजार सञ्चालकको नियमावली तयारी तथा पेश गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले यसअघि करार ऐन अन्तगर्त सञ्चालनमा रहेका कमोडिटी एक्सचेञ्जलाई अनुमति पत्र लिन भन्दै वस्तु विनिमय बजार सम्बन्धी ऐन २०७४ को दफा ६१ ले दिएको अधिकार प्रयोग गरी वस्तु विनिमय बजार सम्बन्धी नियमावली, २०७४ गत मंसिरदेखि लागू गरेको थियो । 

यसअघि जारी भैसकेका अवधि कायम रहेको करार उपकरणहरुको भने कारोबार गर्नसक्ने सुविधा दिएपनि करार सम्झौता सकिएपछि बोर्डले नयाँ नियमावली अनुसार बोर्डबाट फेरी अनुमति लिएर मात्र कारोबार गर्नुपर्ने व्यवस्था गरेको थियो । यसअनुसार कमोडिटि फ्युचर्स एक्सचेञ्जले अनुमतिका प्रकृया अगाडि बढाउने भएको हो ।

नयाँ व्यवस्था अनुसार कमोडिटी एक्सचेञ्जको चुक्ता पूँजी ५० करोड रुपैयाँ कायम गर्नुपर्ने व्यवस्था गरेपछि कमोडिटि फ्युचर्स एक्सचेञ्चले सभामा अन्य कम्पनीहरुसँग मर्जर तथा प्राप्तीको प्रस्ताव समेत गरेको छ ।

सन् २०११ जुनमा स्थापित कम्पनीले चैत ११ गते आफ्नै कार्यालय नयाँ बानेश्वर मा बिहान ११ बजे बोलाइएको सभाले कम्पनीको अधिकृत, जारी, तथा चुक्ता पूँजी वृद्धि गर्ने, तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावली आवश्यक संसोधन गर्ने प्रस्ताव छ ।

कमोडिटी एक्सचेञ्ज सञ्चालन गर्न चाहनेले कुनै पनि कम्पनीले संम्भाव्यक्ता अध्ययन प्रतिवेदन, लगानी स्रोत, सेयर स्वामित्व तथा विद्युत्तीय कारोबार प्रणालीको सुरक्षा व्यवस्थाको विवरण सहित बोडमा निवेदन दिनुपर्ने हुन्छ । त्यसमा बोर्डले आर्थिक क्रियकलापको आधार, लगानीकर्ताको हित, स्रोत साधन र प्रतिस्पर्धालाई दृष्टिगत गरि अनुमति दिने व्यवस्था छ ।

यसरी अनुमति प्राप्त गरेको गरेको ६ महिनाभित्र पुर्वाधार तयार गरि अनुमति लिएर कारोबार गर्दा करार गर्ने बस्तुको बोर्डमा दर्ता गराएर कारोबार गर्नसक्ने छ ।

धितोपत्र बोर्डले वस्तु विनियम बजारमा कारोबार गर्न कृषिजन्य उत्पादन, धातुजन्य बस्तु, बहुमूल्य धातु, खनिज तेलजन्य वस्तु, तेल र अन्य गरि ६ शिर्षकहरुमा वर्गिकरण गरेको छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।