समस्याग्रस्तबाट तंग्रदै गरेको कम्पनी नाम जस्तै बेष्ट हुने प्रयासमा

Mar 07, 2018 merolagani

समस्ग्रस्त कम्पनी समालेर बनेको वेष्ट फाइनान्स (BFC) ले सिनर्जी फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । जसका लागि कम्पनीले आगामी चैत्र १४ गते हुने २१ औं साधारण सभाबाट उक्त प्रस्ताव पारित गर्ने भएको छ । साथै सोही दिन हुने सिनर्जीको १९ औ साधारण सभाले पनि एक्विजिशनको प्रस्ताव पारित गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउने बाध्यता रहेका कारण बेस्टले सिनार्जीलाई प्राप्ति गर्न लागेको हो।

वेष्टले सिनर्जीलाई एक बराबर एक सेयर स्वाप दिएर खरिद गर्ने भएको छ । साथै कम्पनीको यसअघिको साधारणसभाले पारित गरेको हकप्रद सेयर निष्काशनको प्रस्ताव खारेज गर्ने भएको छ । यसअघि वेस्ट फाइनान्सले एक सय ७५ प्रतिशत हकप्रदको प्रस्ताव गरेको थियो ।

एक्विजिशनपछि कम्पनीको नाम बेष्ट फाइनान्स राखिने छ । अध्यक्ष बेष्ट फाइनान्सका पदमराज न्यौपानेले निरन्तरता पाउने र प्रमुख कार्यकारी अधिकृतमा सिनर्जी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विनितमणि उपाध्ययले निरन्तरता पाउने भएका छन् ।

आफै समस्याग्रस्त संस्थाबाट २०७३ मंसिरबाट फुकुवा भएको बेष्ट फाईनान्स (साबिकको जनरल फाईनान्स) ले सिनर्जीलाई प्राप्ती गर्न लागेको हो । साबिकको जनरल फाइनान्स गत असोज २४ गतेदेखि बेष्ट फाईनान्स कम्पनीमा रुपान्तरण भएको थियो ।

२०५२ सालमा स्थापना भएको तत्कालिन जनरल फाइनान्सलाई राष्ट्र बैंकले २०७० जेठमा समस्याग्रस्त घोषणा गरेको थियो। समस्याग्रस्त संस्थाको रुपमा रहेको फाइनान्स कम्पनीमा एनआरएन समूहको प्रवेशपछि नयाँ गति लिएको थियो ।

सिनर्जी फाइनान्स तत्कालीन एल्पिक एभरेष्ट फाइनान्स, सीएमबी फाइनान्स र बुटवल फाइनान्स एक आपसमा मर्ज भएर बनेको थियो ।

एकिकृत भएपछि बन्ने फाईनान्स कम्पनीको चुक्ता पूँजी ८९ करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।