महालक्ष्मी विकास बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

Mar 29, 2018 Merolagani

महालक्ष्मी विकास बैंक (MLBL) ले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने नेपाल राष्ट्र बैंकले स्वीकृति गरेको छ । बैंकले लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार ९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने बैंकले जनाएको छ । 

विकास बैँकहरुमध्ये सबैभन्दा बढी २ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पूँजी भएको महालक्ष्मी विकास बैंकले फाल्गुन मसान्तसम्म २४ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ३७ करोड रुपैयाँ  कर्जा प्रवाह गरेको छ ।

बैंकले देशभरी ७१ शाखा सञ्जाल तथा ३५ एटिएमबाट ग्राहकलाई अत्याधुनिक वित्तीय सेवा प्रदान गर्दे आईरहेको छ ।

 

comments powered by Disqus