साञ्जेन जलविद्युत्तमा एक लाख ५६ हजार ६४५ आवेदकले पाए ४० कित्ता सेयर, ३० पाउने कति ?

Apr 01, 2018 Merolagani



साञ्जेन जलविद्युत्त कम्पनीले पहिलो चरण फागुन ११ देखि ३० गतेसम्म कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि निष्काशन गरेको सेयर आइतबार बाँडफाँड भएको छ । साञ्जेनले ७१ लाख १७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेकोमा एक लाख ८५ हजार ३५ जना आवेदकले चार करोड २० लाख ३१ हजार २०० कित्ता सेयर माग गरेका थिए । 

साञ्जेनमा आवेदन गरेका सबै एक लाख ८५ हजार ३५ जना आवेदकलाई ३० कित्ताका दरले ५५ लाख ५१ हजार ५० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

कम्पनीमा अावेदन गरेका एक लाख ८५ हजार ३५ जना आवेदकमध्ये एक लाख ५६ हजार ६४५ आवेदकलाई बाँकी रहेको १५ लाख ६६ हजार ४५० कित्ता सेयर थप १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ ।

यसरी हेर्दा एक लाख ५६ हजार ६४५ आवेदकले ४० कित्ता सेयर प्राप्त गरेका छन्  भने २८ हजार ३९० जना आवेदकले  मात्र ३० कित्ता सेयर प्राप्त गरे । 

पहिलो चरणमा निष्काशित आईपिओमा न्यूनतम ५० देखि बढीमा ३०० कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था थियो ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।