प्राधिकरणद्वारा पुनःनिर्मााणमा एक खर्बभन्दा बढी खर्च

Apr 06, 2018 RSS

राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्ममा एक खर्ब एक अर्ब ६२ करोड निर्माणका क्षेत्रमा खर्च गरेको जनाएको छ । अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ३२ जिल्लामा करीब एक लाख १३ हजार घर निर्माण भइसकेको जानकारी दिँदै तीन लाख ८४ हजार घर निर्माणका क्रममा रहेको बताए ।

प्राधिकरणसँग पर्याप्त रकम नभएका कारण प्रभावितलाई तीन लाख रुपैयाँ उपलब्ध गराउन नसकिएको उनको भनाई छ । विसं २०७२ मा गएको भूकम्पबाट सात हजार ५५३ विद्यालयमा क्षति पुगेकामा तीन हजार विद्यालय बनिसकेको र एक हजार ७०० विद्यालय बन्ने क्रममा रहेको जनाइएको छ।

त्यस्तै, ७५३ सांस्कृतिक सम्पदामा नोक्सान भएकामा करीब १०० सम्पदा निर्माण भइसकेको प्राधिकरणले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।