प्रधानमन्त्री ओली ३ दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान, आर्थिक गतिविधिले तिब्रता लिने अपेक्षा

Apr 06, 2018 Merolgani



प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको नियमित उडानबाट ९ बजे छिमेकी मुलुक भारतको राजकीय भ्रमणमा शुक्रबार निस्किएका छन् । भ्रमणमा पुराना सन्धी सम्झौतालाई तिब्रता दिइने विषयमा छलफल हुने बताइएकाले यसअघि नेपाल भारतबिच सम्झौता भएर कार्यान्वयनमा आउन नसकेका सम्झौता अगाडि बढेमा नेपालमा आर्थिक विकासले तिब्रता लिने विश्वास गरिएको छ । 

प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओली पहिलो विदेश भ्रमण रुपमा भारत जान लागेका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चैत २५ गतेसम्म भ्रमणका लागि मिति तय भ्रमणमा काठमाडौँबाट ४५ जना र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट कार्यबाहक राजदूत भरतकुमार रेग्मी, इकोनोमिक मिनिष्टर कृष्णहरि पुस्कर लगायत ९ जनाको पनि सहभागिता रहने जनाइएको छ ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, उद्योगी मोतिलाल दुगड सहभागी छन् ।

त्यस्तै अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी, जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, यस्तै मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास बैरागी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, भ्रमणदलमा लगायतका सहभागी छन् ।

रेल विभागका महानिर्देशक अनन्त आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, शिष्टाचार महापाल दीपक अधिकारी, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. वैद्यनाथ महतो पनि भ्रमण दलमा सहभागी रहेका छन् । भ्रमण दलमा कलाकार राजेश हमाल र निर्देशक दिनेश डिसी पनि सामेल छन् ।

  

 




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।