खर्च ब्यवस्थापन नहुँदा एक्सेलकाे नाफा खस्कियाे

Apr 29, 2018 merolagani



एक्सेल डेभेलोपमेण्ट बैंक(EDBL)ले चालू आर्थिक बर्षको तेश्रो त्रैमासमा ११ करोड ११ लाख खुद नाफा कमाएको छ । बैंकले गतबर्षको यही समयमा ११ करोड ७० लाख कमाएको थियो ।

खुद ब्याज आम्दानीमा थारै प्रगति गरेको बैंकले कर्मचारी खर्च र अन्य सन्चालन खर्चलाई बढाएपछि नाफा घटेको देखिएको छ । गत बर्ष  २३ करोड २५ लाख खुद ब्याज आम्दानी भएकोमा अहिले २३ करोड ४८ लाख पुगेको छ ।

३८ करोड ४५ लाखबाट ६९ करोड २६ लाख चुक्तापूँजी पु¥याएको बैंकले पूँजीबृद्धिको तुलनामा प्रतिफल दिन सकेको छैन । जसका कारण प्रतिशेयर आम्दानी ४०.५८ रुपैँयाबाट घटेर २१.३९ रूपैँयामा सिमित भएको छ ।

गत बर्ष ३ करोड २७ लाख रहेको कर्मचारी खर्च ४ करोड ४२ लाख पुगेको छ भने अन्य सन्चालन खर्च पनि २ करोड ५० लाखबाट ३ करोड ५१ लाख पुगेको छ ।

तेश्रो त्रैमाससम्म आइपुग्दा बैंकले ४ अर्ब ५४ करोड निक्षप संकलन गरेर ४ अर्ब २१ करोड खर्च गरेको छ ।
बैकको खराब कर्जा १.०४ प्रतिशतबाट १.१८ प्रतिशत पुगेको छ ।

जोखिम ब्यवस्थापनका लागि बैंकले २ करोड ३६ लाख राखेको छ ।

बैंकको प्रतिशेयर नेटवर्थ १३२.१७ रहेको छ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।