ग्लोबल आइएमईले आइएफसीसँग वैदेशीक ऋण ल्याउने

Apr 29, 2018 Merolagani



ग्लोबल आईएमई बैंक (GBIME) ले विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँग वैदेशीक ऋण ल्याउने भएकाे छ । बैंकले पछिल्लो समयमा बैंकिङ्ग प्रणालीमा देखिएको वित्तीय तरलताको समाधान गर्न आइएफसीसँग कर्जा लेनदेन सम्बन्धी सम्झौता गरेको जनाएकाे छ । 

सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गरेका हुन् ।

उक्त कर्जा सापटी सहमती नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात मात्र लागु हुनेछ । यस सम्झौताले बैंकिङ्ग क्षेत्रमा पछिल्लो समयमा देखिएको वित्तीय तरलताको समाधानमा योगदान पुर्याउने लक्ष्य रहेको बैंकले जनाएको छ ।

त्यस्तै विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले ग्लोबल आइएमई बैंकलाई ग्लोबल ट्रेड फाईनान्स प्रोग्राम अन्तर्गत पनि ट्रेड लाइन प्रदान गरेको छ ।

ग्लोबल आइएमई बैंकले १२२ वटा शाखा, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त सेवा प्रदान गर्दे आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा विभिन्न देशबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आईरहेको छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।