राष्ट्रिय वाणिज्य बैंक र एन.आई.डि.सी. ले थाले एकीकृत कारोबार

May 02, 2018 Merolagani

निक्षेप संकलन र खुद नाफा सबैभन्दा अगाडि
राष्ट्रिय वाणिज्य बैंक र एन.आई.डिसी डेभलपमेन्ट बैंकले बुधबारबाट एकीकृत कारोबार थालेका छन् । एकीकृत कारोबारको प्रमुख अतिथि डा. युवराज खतिवडाले दरवारमार्ग स्थित एन.आई.डिसी डेभलपमेण्ट बैंकको भवनबाट सुरुवात गरे ।

एकीकृत बैंकको चुक्ता पूँजी ९ अर्ब ४७ लाख रुपैयाँ पुगेको छ भने बैंकको जगेडा कोष बढेर ८ अर्ब ३० करोड ५६ लाख रुपैयाँ सञ्चित भएको छ ।

बैंकको कुल सम्पति १ खर्ब ८२ अर्ब ८५ करोड ५७ लाख तथा निक्षेप एक खर्ब ५४ अर्ब १७ करोड र कर्जा परिचालन एक खर्ब १५ अर्ब ७३ करोड रुपैयाँ पुगेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जानकारी दिए । 

बैंकको खुद नाफा तीन अर्ब १२ करोड ६४ लाख पुगेको छ भने मर्जर पश्चात बैंकको शाखा कार्यालय ९१ पुगेका छन् ।
देशमा औद्योगिक विकास गर्ने उद्देश्यले २०१६ सालमा एन.आई डि.सी र आर्थिक, सामाजिक क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले राष्ट्रिय वाणिज्य २०२२ सालमा स्थापना भएका थिए ।

नेपाल सरकारले २०७३ माघ १४ गते एन.आई.डिसीलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेपछि दुई बैंकका ३/३ जना प्रतिनिधि रहने गरि निर्मलहरि अधिकारीको संयोजकत्वमा फागुन ६ गते संयुक्त मर्जर समिति गठन भएको थियो । सो समितिको कार्यले बुधबार पूर्णता पाएको छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।