युनाइटेड मोदी हाइड्रोले २० प्रतिशतले बढायो खुद नाफा

May 10, 2018 Merolagani



युनाइटेड मोदी हाइड्रोपावर (UMHL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत बर्षभन्दा ९५ लाख रुपैयाँ खुद नाफा बढाएको छ । कम्पनीले चालू आवको ९ महिनामा २० प्रतिशतले नाफा बढाएर ५ करोड ६४ लाख ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

युनाइटेडको विद्युत बिक्रीबाट हुने आम्दानी २२ करोड ६७ लाख गरेको छ । कम्पनीले यस त्रैमासमा मोदी खोलामा पानीको बहाब कम हुँदै जाने भएकाले विद्युत्त विक्रीबाट हुने आय घटेको जनाएको छ ।

एक अर्ब १५ करोड रुपैयाँ सेयर पुँजी रहेको युनाइटेड मोदीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५५ पैसा तथा प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ३४ पैसा रहेको छ ।

२२ करोड १० लाख खुद चालू सम्पत्ती रहेको कम्पनीको जगेडा कोषमा ६ करोड १३ लाख रुपैयाँ सञ्चित रहेको छ ।

 




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।