मेगा र टुरिजमले थाले एकीकृत कारोबार

May 13, 2018 Merolagani

मेगा बैंक (MEGA) र टुरिजम डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले दुवै बैंकको एकीकृत कारोबारको शुभारम्भ गरे । एक आपसमा गाभिन सम्झौता गरेको १६ महिनापछि आइतबारदेखि दुबै बैंकले एकीकृत कारोबार सुरु गरेका हुन् । दुई बैंकले ०७३ माघको पहिलो साता मर्जरमा जाने सम्झौता गरेका थिए ।

एकीकृत कारोबार सुरु गर्न नेपाल राष्ट्र बैंक संचालक समितिको बैठकले बैशाख ९ गते तथा कम्पनीले रजिष्ट्रारको कार्यालयबाट बैशाख १२ गते अन्तिम स्वीकृती प्रदान गरेका थिए ।

एकीकृत बैंकको चुक्ता पुँजी ९ अर्ब २८ करोड ६८ लाख ३१ हजार ४२४ रुपैयाँ पुगेको छ । त्यसैगरी बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैयाँ तथा बैंकको शाखा कार्यालय ९१ वटा पुगेका छन् । बैंकका अध्यक्ष भोजबहादुर शाहले दुबै बैंकको हकप्रद र घोषणा गरेको बोनस पूँजीकृत हुँदा बैंकको चुक्ता पूँजी १० अर्ब ५० करोड रुपैयाँ नाघ्ने बताए। 

मेगाको प्रति शेयर १०० रुपैयाँ बराबर टुरिजम(TDBL) को ९५ रुपैयाँमा मर्जर भएको हो । आइतबारदेखि टुरिजम बैंकका सेयरधनीहरुको मेगाका सेयरधनी बनेका छन् ।

मेगाले टुरिजमको सेयर स्वाप रेसियो अनुसार मेगा बैंकको सेयर सूचीकृत गरि जम्मा गर्नका लागि बैशाख २९ गतेदेखि सेयर सूचीकरण नभएसम्मका लागि सेयर अभौतिकिकरण रोक्का हुनेछ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।