नेपाल बैंकले प्रिमियमसहित २८० रुपैयाँमा एफपिओ निष्काशन गर्ने

May 25, 2018 Merolagani

नेपाल बैंक लिमिटेड (NBL) ले प्रतिशेयर प्रिमियमसहित २८० रुपैयाँमा एफपिओ निष्काशन गर्ने भएको छ । बैंक संचालक समितिले एक सय रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर एफपिओ निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको मूल्यमा नियामक नेपाल धितोपत्र बोर्डले एफपिओ निष्काशन गर्न अनुमति दिए मात्र उक्त मूल्यमा एफपिओ बिक्रीमा आउनेछ । बैंकले प्रस्ताव गरेको मूल्यमा बोर्डले पुर्नरविचार पनि गर्न सक्छ ।

बैंकले गत साधारणसभा बाट एक अर्ब ७६ करोड ८४ लाख रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार कित्ता एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने भएको छ । त्यस्तै १० वटा क्यापिटलले बैंकले निष्काशन गर्ने एफपीओको सबै शेयरको प्रत्याभुति( अन्डरराईटिड.) गर्ने भएका छन् ।

 

 

बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । एफपिओ निष्काशनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड पुग्ने छ। त्यस्तै प्रिमियम रकम जगेडा कोषमा थपिनेछ ।

हाल बैंकमा नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर स्वामित्व रहेको छ । एफपिओ निष्काशनपछि बैंकमा सरकारी स्वामित्व ५१ प्रतिशतमा कायम हुनेछ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंकले २ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ५७ पैसा, प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ छ । हाल दोस्रो बजारमा हाल कारोबार भईरहेको उसको शेयर मूल्य ३३६ रुपैयाँ छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।