नेपाल बैंकको एफपिओमा आवेदन गर्ने अन्तिम दिन,सबै बिक्री नभए के हुन्छ ?

Jul 29, 2018 Merolagani

नेपाल बैंक(NBL) ले गरेको थप सार्वजनिक निष्काशन एफपिओ मा आवेदन गर्ने आज अन्तिम दिन परेको छ । बैंकले गत असार १५ गतेदेखि प्रतिकित्ता २८० रुपैयाँ दरले एक करोड ७६ लाख कित्ता एफपिओ निष्काशन गरेको थियो ।

जसमा न्यूनतम ५० कित्तादेखि १० अंकले भाग जाने संख्यामा कानुनी सीमा भित्र रहेर अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बैंकको एफपिओमा शुक्रबार बेलुकासम्ममा १७ हजार ५ सय ३९ जनाले मात्र आवेदन गरेका छन् । उल्लेखित आवेदकबाट २४ लाख ५१ हजार ९० कित्ता सेयर बिक्री भएको छ । यसबाट बैंकको ६८ करोड ६३ लाख ५२ हजार रुपैंयाको सेयर बिक्री भएको हो ।

अझै बैंकको एक करोड ५२ लाख ३३ हजार ७६८ कित्ता शेयर बिक्री गर्न बाँकी छ । एक दिनको अवधिमा सो परिमाणको शेयर बिक्री गर्न नेपाल बैंकलाई मुस्किल नै पर्ने देखिन्छ । अन्तिम दिनमा ठुला लगानीकर्ता तथा संस्थागत लगानीकर्ताले आवेदन गर्न सक्ने देखिन्छ । व्याजका कारण अन्तिम समयमा आवेदन गर्ने यस अघिको चलन अनुसार आइतबारसम्ममा आवेदनको आकार बढ्ने सम्भावना भएपनि बैंकलाई सबै शेयर बेच्न भने कठिनाई देखिन्छ ।

सबै बिक्री नभए के हुन्छ ?

एफपिओ बिक्री नभएको अवस्थामा बिक्री प्रबन्धकले केही समयका लागि बैंकको संस्थापक शेयरधनी र तिनका परिवारले आवेदन गर्नपाउनेगरी बिक्री खुला गर्न सक्नेछ । यसो गर्दा पनि शेयर बिक्री नभएमा एफपिओ प्रत्याभुत गर्ने मर्चेण्ट बैंकरले शेयर सकार्नु पर्नेहुन्छ । नेपाल बैंकको एफपिओमा ८ मर्चेन्ट बैंकले प्रत्याभूति गरेका छन् ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । एफपिओ निष्कासनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्नेछ । एफपिओबाट बैंकले तीन अर्ब १८ करोड रुपैयाँ प्रिमियम संकलन गर्नेछ भने एक अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी बढ्नेछ ।

एफपिओ निष्काशनसँगै बैंकमा सरकारको हाल रहेको ६२ प्रतिशत सेयर स्वामित्व घटेर ५१ प्रतिशत कायम हुनेछ । उता ३८ प्रतिशत रहेको सर्वसाधारणको स्वामित्व बढेर ४९ प्रतिशत पुग्नेछ ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।