एनएमबि बैंकको एफपिओमा संस्थागत लगानीकर्ताले कति गरे आवेदन ?

Jun 19, 2018 Merolagani



एनएमबि बैंक (NMB) को एफपिओमा संस्थागत लगानीकर्ताबाट १० करोड रूपैयाँ हाराहारीमा मात्र आवेदन परेको छ । पहिलो चरणको चार दिनमा एक अर्ब ८० करोड बिकेको बैंकको एफपिओ संस्थापकलाई खुला भएको एक दिनमा (संस्थागत र साधारण लगानीकर्ताबाट) थप १२ करोड रुपैयाँको मात्र आवेदन परेको हो ।

सोमबारसम्म बैंकको एफपिओमा ५५ हजार बढी आवेदनबाट एक अर्ब ९२ करोड रुपैयाँ बरारको ५७ लाख ६५ हजार ७०० कित्ता सेयर माग भएको छ । सोमबारसम्म कूल निष्काशित एफपिओमध्ये ५०.५१ प्रतिशत सेयर मात्र विक्री भएको छ । बैंकको एफपिओ अझै ५६ लाख ४९ हजार कित्ता विक्री हुन बाँकी छ । जुन ४९.४९ प्रतिशत हो । 

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँ दरको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गरेको छ । बैंकको एफपिओमा ढिलोमा असार २८ गतेसम्म आवेदन गर्न पाइने व्यवस्था छ ।

जेठ ३० गतदेखि निष्काशन भएको एफपिओमा सर्वसाधारण लगानीकर्ताबाट मात्रै आवश्यक आवेदन नपरेपछि सोमबारदेखि संस्थागत लगानीकर्तालाई समेत बिक्री खुला गरिएको हो । सोमबारदेखि संस्थागत लगानीकर्ताहरु सामूहिक लगानी कोष, विभिन्न इन्भेष्टमेन्ट कम्पनी र बीमा कम्पनीले पनि आवेदन गर्न पाउनेछन् ।

केही संस्थागत लगानीकर्ताबाट एफपिओमा आवेदन गर्न पाउने अधिकतम सीमा बढाउने पहलका गर्न अनुरोध आएको बिक्री प्रबन्धक नागरिक लगानी कोषका एक अधिकारीले बताए ।

बैंकको एफपिओमा न्यूनतम दश कित्ता देखि अधिकतम ५७ हजार ७० कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार अधिकतम सीमाको शुन्य दशमलव पाँच प्रतिशतसम्म बढी शेयर आवेदन गर्न सकिन्छ ।

बैंकको सेयरमूल्य मंगलबार प्रतिकित्ता ३५० रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।