'प्राथमिक र दोस्रो बजार मर्चेण्ट बैंकले सुधार्नु पर्छ' - धितोपत्र बोर्ड

Jul 03, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज हुँदा भगिनी संस्था मर्चेट बैंक पनि मर्जमा जानै पर्ने व्यवस्था कार्यान्वायनमा ल्याउने भएको छ । बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले यस किसिमको अभ्यास सुरु भैसकेको भन्दै त्यसलाई अनिवार्य गर्न लागिएको बताएका हुन् । 

साथै उनले सेयर बजार सुधारमा काम गर्न पनि मर्चेण्ट बैंकहरुलाई निर्देशन दिएका छन् ।

सनराइज क्यापिटलको २५ औं वार्षिकोत्सवको अवसरमा बोर्ड अध्यक्ष कार्कीले प्राथमिक बजार सुधारका र दोस्रो बजारलाई टेवा दिने किसिमका काम गर्न मर्चेण्ट बैंकहरुलाई निर्देशन समेत दिए ।तर उनले मर्चेण्ट बैंकहरुले के गरेर प्राथमिक तथा दोस्रो बजार सुधार गर्न सक्छन् भन्ने सुझाव दिन भने चाहेनन् ।

अहिले दोस्रो बजार क्र्यासकाे अवस्थामा पुग्दै गर्दा कार्कीले नेतृत्व गरिरहेको धिताेपत्र बोर्डले अर्बौं रुपैंयाका प्रथमिक निष्काशनलाई स्वीकृत गरेको छ । जसका कारण प्राथमिक बजार मात्र नभई दोस्रो बजार समेत नराम्रोसँग प्रभावित भईरहेका छ ।  बाेर्ड अाफैले पूँजी बजार सुधार गर्न छाडेर  मर्चेण्ट बैंकहरुलाई सुधार गर्न निर्देशन दिएपछि कार्यक्रमका सहभागीहरू अचम्मित भएका थिए ।

यति मात्र नभई उनले सानो पूँजी लिएर बसेका मर्चेण्ट बैंकहरुलाई मार्केट मेकरको भूमिका निर्वाह गर्न दवाब समेत दिए ।स्मरणरहाेस्,  उनले नागरिक लगानी कोष तथा कर्मचारी सञ्चय कोष जस्ता ठूला संस्थालाई मार्केट मेकर बनाउन सकिरहेका छैनन् । सार्वजनिक कार्यक्रमहरुमा निरीह र दुब्ला संस्थाहरुलाई अनावश्यक दवाब दिँदै कार्की बोर्डको लक्ष्य प्राप्तिमा अघि बढेका छन् ।

...[दोस्रो बजारको पहिरो नथामिँदै धितोपत्र बोर्डले प्राथमिक बजारमा ल्यायो सेयरको बाढी]...

तत्कालिन एनआईडिसी तथा एनसिएम मर्चेण्टलाई सनराइज बैंकले गाभेर सनराइज क्यापिटलका नामबाट सेवा दिन थालेको थियो । २५ वर्षे अवधिमा सनराइज क्यापिटलले ८२ वटा कम्पनीहरुको प्राथमिक सेयर निष्काशन गरेको छ ।

त्यसै गरी ७७ कम्पनीको हकप्रद सेयर बिक्री गराएको छ भने ३५ कम्पनीका सार्वजनिक निष्काशनमा प्रत्याभूतिकर्ताको भूमिका निर्वाह गगरेको छ । अहिले क्यापिटलले १२ कम्पनीहरुको सेयर रजिष्ट्रारको काम गरिरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।