माथिल्लो तामाकोशीको आईपिओ निष्काशन सर्यो, अब कहिलेदेखि हुन्छ निष्काशन ?

Jul 05, 2018 Merolagani



माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाबासीका लागि निष्काशन गर्ने साधारण सेयर (आईपिओ) खुला गर्ने मिति परिवर्तन गरेको छ । कम्पनीले यसअघि असार २४ देखि साउन ९ गतेसम्म निष्काशन गर्ने सूचना निकालेकोमा अब भने साउन १६ गते देखि भदौ १४ गतेसम्म निष्काशन हुनेगरि संसाेधन गरेकाे हाे ।

असार १८ गते सोमबार सम्पन्न जिल्ला समन्वय समिति दोलखाको बैठकले सिफारिस गरे बमोजिम साधारण सेयर निष्कासनको समयलाई संसोधन गरिएको जलविद्युत आयोजनाले मेरोलगानीलाई बतायो । 

कम्पनीले पहिलो चरणमा स्थानियका लागि चुक्ता पूँजीको १० प्रतिशत साधारण सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले दोलखाबासीका लागि एक सय रुपैयाँ अंकित दरको एक करोड ५ लाख ९० हजार कित्ता जारी गर्नेछ ।
दोलखाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आईपिओमा न्यूनतम ३० कित्तादेखि अधिकत्तम ३०० कित्ता सम्मका लागि माग गर्न सक्नेछन् ।
स्थानीयको आईपिओ बाँडफाँड भएपश्चात कम्पनीले सर्वसाधारणका लागि एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गरिने कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

स्थानीय र सर्वसाधारण गरि कम्पनीले कूल २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । आईपिओको बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्ने भएका छन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।