माथिल्लो तामाकोशीको आईपिओ निष्काशन सर्यो, अब कहिलेदेखि हुन्छ निष्काशन ?

Jul 05, 2018 Merolagani



माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाबासीका लागि निष्काशन गर्ने साधारण सेयर (आईपिओ) खुला गर्ने मिति परिवर्तन गरेको छ । कम्पनीले यसअघि असार २४ देखि साउन ९ गतेसम्म निष्काशन गर्ने सूचना निकालेकोमा अब भने साउन १६ गते देखि भदौ १४ गतेसम्म निष्काशन हुनेगरि संसाेधन गरेकाे हाे ।

असार १८ गते सोमबार सम्पन्न जिल्ला समन्वय समिति दोलखाको बैठकले सिफारिस गरे बमोजिम साधारण सेयर निष्कासनको समयलाई संसोधन गरिएको जलविद्युत आयोजनाले मेरोलगानीलाई बतायो । 

कम्पनीले पहिलो चरणमा स्थानियका लागि चुक्ता पूँजीको १० प्रतिशत साधारण सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले दोलखाबासीका लागि एक सय रुपैयाँ अंकित दरको एक करोड ५ लाख ९० हजार कित्ता जारी गर्नेछ ।
दोलखाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आईपिओमा न्यूनतम ३० कित्तादेखि अधिकत्तम ३०० कित्ता सम्मका लागि माग गर्न सक्नेछन् ।
स्थानीयको आईपिओ बाँडफाँड भएपश्चात कम्पनीले सर्वसाधारणका लागि एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गरिने कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

स्थानीय र सर्वसाधारण गरि कम्पनीले कूल २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । आईपिओको बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्ने भएका छन् ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।