माथिल्लो तामाकोशीको आईपिओ कात्तिक १५ गतेदेखि,हजार कित्तासम्म आवेदन दिन पाइने

Oct 15, 2018 Merolagani



माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सर्वसाधारणका लागि एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँको साधारण शेयर (आईपिओ) जारी गर्ने भएको छ। कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशत बराबरको एक सय रुपैयाँ अंकित दरले हुने एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

आईपिओ बिक्री गर्न सेयर विक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्ने भएका छन् । 

यस आईपिओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रहेको छ ।  आईपिओमा कात्तिक १९ गतेसम्म आवेदन दिन सकिनेछ।

आइपिओमा धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिने व्यवस्था रहेको छ । मेरो शेयर प्रयोगकर्ताले पनि अनलाईबाटै आइपिओमा आवेदन दिन सक्नेछन् ।

तामाकोशीले यसअघि नै दोलखाका स्थानीयबासीका लागि चुक्ता पूँजीको १० प्रतिशत अर्थात एक करोड पाँच लाख ९० हजार कित्ता शेयर साउन १६ गतेदेखि भदौ २१ गतेसम्म निष्काशन गरिसकेको छ । यस शेयरको बाँडफाँड पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागेको हो ।

दोलखाको गौरीशङ्कर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित आयोजनाको अनुमानित लागत भने दोब्बर पुग्ने भएको छ ।

आयोजनाको पूर्व स्वीकृत लागत ३५ अर्ब २९ करोड भएपनि आयोजनाको समयावधि लम्बिँदा लागत बढेर ७० अर्ब पुग्ने अनुमान छ । 

हाइड्रोपावर कम्पनीले स्थानीयबासी र आम सर्वसाधारणका लागि चुक्ता पूँजीको २५ प्रतिशत बराबरको दुई करोड ६४ लाख ७५ हजार कित्ता साधारण शेयर जारी गर्नेछ ।

माथिल्लो तामाकोशीको लागत प्रति मेगावाट पाँच करोड बढ्ने, सस्ताे अायाेजना यसरी हुँदैछ महङ्गो

माथिल्लो तामाकोशीले गत जेठ २३ गते स्थानीय र सर्वसाधारण गरि कूल दुई अर्ब ६४ करोड ७५ लाख रुपैयाँको आईपिओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो ।

आयोजनाले २०७४ फागुनमा तीन करोड ६० लाख ६ हजार कित्ता सेयर बीमा संस्थानका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चयकोषमा रकम जम्मा गर्ने कर्मचारीको लागि शेयर निष्काशन गरिसकेको छ ।

यस आयोजनाले दोश्रो चरणमा रोल्वाङ खोलाबाट १६७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गरिसकेको छ । यस्तै माथिल्लो तामाकोशीको विद्युत्त गृहबाट निस्कने पानीबाट १०१ मेगावाटको तामाकोशी पाँचौ निमार्ण गर्न कार्य अगाडि बढाइसकेको छ ।

आयोजनामा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २ – २ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीको १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३।८४ प्रतिशत सेयर स्वामित्व रहनेछ ।

तामाकोशीको आईपिओमा दुई लाख दोलखावासीको आवेदन , सर्वसाधारणलाई कहिले ?

माथिल्लो तामाकोशीको आईपिओ असार २४ देखि, सर्वसाधारणलार्इ दोस्रो चरणमा

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।