नेपाल बैंकले कर्जाको ब्याजदर घटाएर प्रकाशित गर्यो नयाँ ब्याजदर

Aug 07, 2018 Merolagani



नेपाल बैंक (NBL) ले यहि श्रावण २२ गतेदेखि लागू हुनेगरी निक्षेप तथा कर्जाको नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको नयाँ विवरण अनुसार कर्जा तथा निक्षेप दुबैमा ब्याजदर सामान्य घटाईएको छ ।

बैंकका अनुसार गत आर्थिक बर्षको चौथो त्रैमास अर्थात असार मसान्तसम्म आधार ब्याजदर ७.०३ प्रतिशत रहेको छ ।

बैंकको आधार ब्याजदर केही घटेपछि कर्जाको ब्याज घटाएको हो । तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म बैंकको आधार दर ७.११ प्रतिशत थियो ।

बैंकले सामान्य बचतमा दुई प्रतिशतदेखि अधिकतम चार प्रतिशत तथा मुद्धती निक्षेपमा ५ प्रतिशत देखि अधिकतम १०.५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
बैंकले अधिकतम १३ दशमलव ३७ प्रतिशतसम्म ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकले अधार दरमा २.०७ प्रतिशतदेखि ६.०७ प्रतिशतसम्म थपेर कर्जा उपलब्ध गराउने जनाएको छ । जोखिम बापतको थप दुई प्रतिशत प्रिमयम लिनसक्ने पनि बैंकले उल्लेख गरेको छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।