सन लाईफद्धारा ९ महिनामा २९ करोड ६९ लाख प्रिमियम संकलन

Aug 07, 2018 Merolagani



सन नेपाल लाईफ कम्पनीले कारोवार शुरु गरेको ९ महिना अवधिमा २९ करोड ६९ लाख ७५ हजार ६६५ रुपैयाँ प्रिमियम संकलन गरेको छ । २०७४ असोज ६ गतेदेखि कारोबार थालेको कम्पनीले २०७५ असार मसान्तसम्म वैदेशिक रोजगार बीमा बाहेक विभिन्न ११ प्रकारका बीमा योजनाहरु मार्फत सो शुल्क आर्जन गरेको हो ।

सन लाइफ नेपालले यस अवधिमा ९ हजार ८२१ पोलिसी बिक्री गरेको छ । कम्पनीले यस अवधिमा जीवन बीमा कोषमा १० करोड ९२ लाख १३ हजार ९८७ रुपैयाँ र महाविपत्ति कोषमा १२ करोड ९८ लाख ८९ हजार ४७७ आर्जन गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजी २ अर्ब पुर्याउन ६० करोड रुपैयाँको सर्वसाधारण सेयर निष्काशन गर्ने प्रकृयामा रहेको छ । कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैकिङ्गलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

आइपिओपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ कायम हुनेछ भने संस्थापकको शेयर स्वामित्व ७० प्रतिशत तथा सर्वसाधारणको ३० प्रतिशत कायम हुनेछ ।

२० वटा शाखा र ३५ वटा उप शाखा मार्फत बीमा सेवा प्रदान गर्दे आएको कम्पनीले आगामी असोजसम्म ८६ उपशाखा संचालनमा ल्याउने लक्ष्य लिएको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।