स्टक ब्रोकर एशोसिएशन अध्यक्षमा भरत रानाभाट

Sep 29, 2018 merolagani



धितोपत्र दलाल व्यवसायीहरूको छाता संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्षमा भरत रानाभाट विजयी भएका छन् । एशोसिएसनको शुक्रबार सम्पन्न निर्वाचनमा प्रतिद्धन्द्धी राजकुमार तिमिल्सिनालार्इ पराजित गर्दै रानाभाट विजयी भएका हुन् ।

विजयसँगै रानाभाटले दुर्इ वर्ष स्टक ब्रोकर एशोसिएशनको नेतृत्व गर्नेछन् ।

नेतृत्व सर्वसम्मत बनाउने प्रयास भएपनि असफल भएपछि शुक्रबार साँझ मतदान भएको थियो ।

निर्वाचनमा विजयी भएका रानाभाटले २९ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी राजकुमार तिमिल्सिनाले १८ मत मात्र प्राप्त गरेका थिए

अध्यक्षमा निर्वाचित रानाभाट कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ३५) का प्रबन्ध निर्देशक हुन् भने पराजित भएका तिमिल्सिना भिजन सेक्युरिटिज (ब्रोकर नम्बर ३४) का अध्यक्ष हुन् ।

रानाभाटको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । एशोसिएसनको उपाध्यक्षमा टंकप्रसाद गौतम, महासचिव पदमा धर्मराज सापकोटा, सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा गुणनिधि भुषाल निर्विरोध निर्वाचित भइसकेका छन् ।

यस्तै, कार्यसमिति सदस्यहरुमा सञ्जिला अर्याल, फडिन्द्र ढकाल,सन्दिप चाचन, सुमन गौतम, रमण देव पन्त निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरु पनि यसअघि नै निर्विरोध निर्वाचित भएका हुन्  । 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।