निगमको मासिक घाटा एक अर्ब २९ कराेड पुग्यो, हवाइ इन्धन बाहेक सबैमा घाटा

Oct 02, 2018 Merolagani



पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमको पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर एक अर्ब २९ करोड रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेशनले ओक्टाेबर १ तारिकमा पठाएको पछिल्लो मूल्यसूचीका आधारमा नियमले सो घाटा व्यहोनुपर्ने देखिएको हो ।

नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो । 

भट्टराईका अनुसार अहिले निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४५ पैसा, डिजलमा चार रुपैयाँ ४३ पैसा खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ ।

निगमले भारतीय आयल कर्पोरेशनको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै ६४ करोड ५७ लाख घाटा भएको तथ्याङ्क सार्वजनिक गरेको छ । भारतीय आयल कर्पोरेशनले  नेपाललार्इ बिक्री गर्ने इजन्धनकाे मूल्य हरेक १५/१५ दिनमा अंग्रेजी तारिक अनुसार इन्धनकाे मूल्य पुनरावलाेकन गर्दै अाएकाे छ ।

भारतमा पेट्रोलको भाउ बढेर प्रतिलिटर ९१ भारु पुगेको छ । नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ भने पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ ७५ पैसा र डिजल ३० रुपैयाँ १६ पैसा सस्तो रहेको छ ।

अमेरिकी डलर मजवुत हुन थालेपछि हाल विश्वबजारमा कच्चा तेलको भाउ बढेर प्रतिव्यारेलको ८३ डलर पुगेको छ ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।