स्वदेशी लघुवित्तको लाभांश रद्ध, घोषणा गरेको लाभांश नपाउने !

Oct 07, 2018 Merolagani



स्वदेशी लघुवित्त (SDESI) ले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको १० प्रतिशत नगद लाभांश रद्ध भएको जनाएको छ । लघुवित्तले विविध प्राविधिक कारणले गर्दा लाभांश वितरण रद्ध गर्नुपरेको जनाएको छ ।

कम्पनीको भदौ २६ गते मंगलबार सम्पन्न संचालक समितिको बैठकले शतप्रतिशत हकप्रदले समेत पाउने गरी नगद लाभांश प्रस्ताव गरेको थियो ।

कम्पनी सञ्चालक समितिको असोज १८ गते बसको सञ्चालक समितिको बैठकले प्रस्तावित नगद लाभांश र कर प्रयोजन रकम खारेज गरि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने र पूर्व बैठकले प्रस्ताव गरेको रकम सञ्चित नाफामा नै राख्ने निर्णय गरेको हो ।

कम्पनीले यसअघि हकप्रद शेयर बाँडफाँड पश्चात कायम हुने चुक्ता पूँजी २३ करोडको दश प्रतिशत हुन आउने दुई करोड ३० लाख रुपैयाँ नगद लाभांश तथा कर प्रयोजनका लागि १२ लाख १० हजार ५२६ रुपैयाँ प्रस्ताव गरेको थियो ।

गत आर्थिक वर्षमा स्वदेशीले ३ करोड ७७ लाख खुद नाफा आर्जन गरेर प्रतिसेयर आम्दानी ३२ रूपैयाँ ८ पैसा कायम गरेको थियो ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।