स्वदेशी लघुवित्तको लाभांश रद्ध, घोषणा गरेको लाभांश नपाउने !

Oct 07, 2018 Merolagani



स्वदेशी लघुवित्त (SDESI) ले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको १० प्रतिशत नगद लाभांश रद्ध भएको जनाएको छ । लघुवित्तले विविध प्राविधिक कारणले गर्दा लाभांश वितरण रद्ध गर्नुपरेको जनाएको छ ।

कम्पनीको भदौ २६ गते मंगलबार सम्पन्न संचालक समितिको बैठकले शतप्रतिशत हकप्रदले समेत पाउने गरी नगद लाभांश प्रस्ताव गरेको थियो ।

कम्पनी सञ्चालक समितिको असोज १८ गते बसको सञ्चालक समितिको बैठकले प्रस्तावित नगद लाभांश र कर प्रयोजन रकम खारेज गरि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने र पूर्व बैठकले प्रस्ताव गरेको रकम सञ्चित नाफामा नै राख्ने निर्णय गरेको हो ।

कम्पनीले यसअघि हकप्रद शेयर बाँडफाँड पश्चात कायम हुने चुक्ता पूँजी २३ करोडको दश प्रतिशत हुन आउने दुई करोड ३० लाख रुपैयाँ नगद लाभांश तथा कर प्रयोजनका लागि १२ लाख १० हजार ५२६ रुपैयाँ प्रस्ताव गरेको थियो ।

गत आर्थिक वर्षमा स्वदेशीले ३ करोड ७७ लाख खुद नाफा आर्जन गरेर प्रतिसेयर आम्दानी ३२ रूपैयाँ ८ पैसा कायम गरेको थियो ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।