दुई कम्पनीको ५३ करोड बढीको आईपिओ आउने, अनुमति लिन पुगे बोर्ड

Oct 11, 2018 Merolagani



माउण्टेन हाइड्रो नेपाल र युनियन हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि आईपिओ निष्काशनको माग गर्दे धितोपत्र बोर्डमा आवेदन गरेका छन् । दुई कम्पनीले ५३ करोड ५० लाख ४५ हजार रुपैयाँ बराबरको ५३ लाख ५० लाख ४५० कित्ता शेयर निष्काशन गर्ने अनुमतिको माग गरेका हुन् ।

 

माउण्टेन हाइड्रोको १८ करोडको आईपिओ

माउण्टेन हाइड्रोले १८ करोड १६ लाख ११ हजार रुपैयाँको १८ लाख १६ हजार ११० कित्ता शेयर निष्काशनको अनुमति माग गरेको छ ।

हाइड्रोले असार २२ गते देखि साउन २० गते सम्म स्थानीयलाई १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ५ लाख ६६ हजार ११० कित्ता शेयर बिक्री नभए पछि उक्त शेयर समेत सर्वसाधारणलाई थप गरी जारी गर्ने माग गरेको हो ।

कम्पनीले आर्इपिओ निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्ति गरी सकेको छ ।

युनियन हाइड्रोपावको ३५ करोड बराबरको आईपिओ

त्यसैगरी युनियन हाइड्रोपावर कम्पनीले ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको ३५ लाख ३४ हजार ३४० कित्ता आईपिओ जारी गर्न बोर्डमा अनुमति माग गरेको छ ।

हाइड्रोपावरले साउन १४ गते देखि भदौ १२ गते सम्म स्थानीय बासिन्दालाई ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आईपिओ जारी गरेको थियो । जसमध्ये ६ लाख २१ हजार ७९० कित्ता शेयर बिक्री हुन सकेन ।

कम्पनीले उक्त बिक्री हुन नसकेको शेयर थप गरी सर्वसाधाणरको लागि आईपिओ निष्काशन गर्ने अनुमति माग गरेको हो ।
युनियन हाइड्रोपावरको आईपिओ निष्काशनको काम लक्ष्मी क्यापिटलले गर्ने छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।