बैंकहरुको बेस रेटमा देखियो झिनो गिरावट, ऋणीलाई के पर्छ असर ?

Oct 24, 2018 Merolagani



चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यमा बैंकहरुले बेस रेट घटाएको उल्लेख गर्दै नयाँ व्याजदर सार्वजनिक गर्न थालेका छन् । बुधबार मात्र ५ वाणिज्य बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । यस क्रममा ४ बैंकको बेस रेट घटेको देखिएको छ भने एउटाको स्थिर रहेको छ ।

बैंकहरुले लगानीयोग्य रकम अभाव झेलिरहेका बेला यस्तो तथ्य देखिएको हो । आक्रामक रुपमा लगानी बढाएका बैंकहरु अहिले कर्जा प्रवाह गर्न असहज अवस्थामा छन् । 

यस्तो बेलामा बैंकहरुको आधार दरमा आएको गिरावटबाट सेवाग्राही कति प्रभावित हुन्छन् भन्ने कुरा केही दिन पछि देख्न सकिन्छ ।बैंकहरुको आधार दर ०.७८ प्रतिशतसम्म घटेको छ ।

सिभिल बैंकको आधार दर ११.८४ बाट ११.०६ प्रतिशतमा झरेको छ । त्यसै गरी सनराइज बैंकको ११.०९ प्रतिशतबाट १०.९७, जनता बैंकको ११.६० बाट ११.२२, सानिमा बैंकको १०.६६ बाट १०.५५ प्रतिशतमा झरेको छ । मेगा बैंकको भने १०.५५ प्रतिशतमा स्थिर रहेको छ ।

उल्लेखित बैंकहरुबाट कर्जा लिइसकेका सेवाग्राहीको हकमा भने अब थप व्याजदर नबढ्ने अवस्था रहन्छ । तर नयाँ कर्जा लिन जानेहरुलाई भने अहिलेको अवस्थामा बैंकहरुले कर्जामा उच्च व्याज लिन सक्ने देखिन्छ ।

स्प्रेडदरतर्फ भने ३ बैंकले तथ्य खुलाएका छन् । जसमा सिभिल बैंकको स्प्रेड ४.१५ प्रतिशत छ भने सानिमाको ४.४४ र मेगा बैंकको ४.७३ प्रतिशत छ ।

कुन बैंकको के सूचकमा कति आयो परिवर्तन ? तालिकामा हेर्नुहोस् ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।