छठसम्म पेट्रोलियम पदार्थको मूल्य नबढाउन निर्देशन

Oct 30, 2018 Merolagani



उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले छठसम्म पेट्रोलियम पदार्थको मूल्य नबढाउन निर्देशन दिएका छन्। चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको जीवनस्तर कष्टकर हुने भन्दै मन्त्री यादवले नेपाल आयल निगमलाई चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन निर्देशन दिएका हुन् ।

निगमलाई पेट्रोलियम पदार्थको कारोबारमा घाटा भएपनि उपभोक्ताको हितलाई ध्यान दिँदै तिहार र छठसम्म इन्धनको मूल्य नबढाउन र सुलभ दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन निर्देशन दिइएको उद्योग मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए ।

हाल निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ ५० पैसा, डिजेलमा नौ रुपैयाँ ३२ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ । सीमावर्ती भारतीय बजारमा नेपालको भन्दा पेट्रोलको मूल्य प्रतिलिटर २१ रुपैया ८७ पैसा र डिजेलमा २४ रुपैयाँ २८ पैसा बढी रहेको निगमले जनाएको छ ।

निगमले पेट्रोल प्रतिलिटर ११४ रुपैयाँ, डिजेल १०१ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर एक हजार ४०० रुपैयाँ तोकेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले निगमले मूल्य समायोजन नगर्दा मासिक दुई अर्ब आठ करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।