गुहेश्वरी मर्चेन्टको खुद नाफामा सामान्य सुधार, चार कराेडकाे नगद लाभांश अाजै पारित गर्दै

Nov 02, 2018 Merolagani



गुहेश्वरी मर्चेन्ट (GMFIL) ले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा दुई लाख ४८ हजार रुपैयाँले आफ्नो खुद नाफा सुधार गरेको छ । गत वर्ष एक करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा एक करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको हो ।

खुद ब्याज आम्दानीमा वृद्धि र कर्मचारी खर्च नियन्त्रणले फाइनान्सको खुद नाफा सुधारिएको हो ।

चुक्ता पूँजी ८० करोड फाइनान्सको जगेडा कोषमा १२ करोड ९५ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिसम्म ३ अर्ब १५ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले दुई अर्ब ७२ करोड ६१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

तीन माहिनाको अवधिमा फाइनान्सले ११ करोड ४५ लाख रुपैयाँ ब्याज आम्दानी छ भने ८ करोड ४ लाख रुपैयाँ ब्याज खर्च गरेर ३ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ ।

फाइनान्समा निष्कृय कर्जा अनुपात ०.२५ प्रतिशत रहेको छ । उसको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७७ पैसा छ भने प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ १९ पैसा छ । फाइनान्स्को मूल्य आम्दानी अनुपात २२.११ गुणा रहेको छ ।

फाइनान्सकाे निक्षेप लागत १० प्रतिशत र आधार ब्याजदर १२.८९ प्रतिशत रहेको छ । अाजै सम्पन्न हुने १७ अाैं वार्षिक साधारण सभा मार्फत फाइनान्सले चार कराेड २१ लाख पाँच हजार ६०० रूपैयाँकाे नगद लाभांश पारित गर्दैछ भने मर्जर तथा एक्वीजिशनका लागि पनि सञ्चालक समितिलार्इ अख्तियारी दिने प्रस्ताव पारित गर्दैछ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।